एजुकेशंलन कन्सलटेन्स र घट्दो जनसंख्या !

Image
काठमाडौ । नेपालि समाजमा अहिलेको समयमा कन्सल्टेन्सीको  नाम सुन्न बित्तिकै  विदेशमा उच्च शिक्षाका लागी  पढ्न पठाउने,   होला भन्ने हामि सबै जनाको मानसपाटलमै  बसिसकेको  छ ।   तर कन्सलटेन्सीका किसिम भने धेरै  छन्  । जस्तैमा  : एजुकेशनल कन्सल्टेन्सी ,  ईन्जीनियरिंग कन्सलटेन्सी , र अन्य बिबिध बिषयगतमा  ।  तर अन्य बिषयगत कन्सल्टेन्सीहरुका तुलनामा,  एजुकेशनल  कन्सलटेन्सी र ईन्जीनियरिंग कन्सल्टेन्सी  नेपालि समाजमा अलि बढी  परिचित छन्  । यिनी दुई मा पनि : एजुकेशनल कन्सल्टेन्सी संग नेपालीहरु  पूर्ण रुपमा लगभग  परिचित छन्  ।
 बिशेष गरि  ११-१२   पढ्दै गरेका बिधार्थीहरु  धेरै निकट छन् ।  त्यहिँ कारण हाल नेपालमा  एजुकेशनल कन्सलटेन्सीहरु दिन प्रतिदिन फस्टाईरहेका छन्  ।  र धेरै जनसंख्या विदेश पलायन भईरहेका छन्  ।जसले नेपालको जनसंख्याको गिरावटलाई थप गम्भीर बनाइरहेको छ।  निकट बिगत समय देखि अहिले सम्म, विदेशमा उच्च शिक्षामा भर्ना गराउने उद्देश्यले नेपालमा थुप्रै  एजुकेसनल कन्सल्टेन्सीहरु क्रियाशील छन् । कन्सल्टेन्सीको हब भनेर, पुतलीसडक चर्चित छ।
सन २०१६ साललाई फर्केर हेर्दा, त्यो समय बाहिर देश पढन् जाने , फेशनको रुपमा थियो ।  फेसनमैत्रीपूर्ण जस्तो लाग्थियो ।  कतिपयले बाहिर जाने निर्णय गरे  पनि , कतिपयले नेपालमै पढ्ने र  नेपालमै काम गर्ने, अथवा जे गर्छु नेपाल मै गर्छु भन्ने बहसहरु उठ्ने गर्थे  । तर थोरै ७/८ बर्ष यता  धेरै जनाले विदेश जानुको  बिकल्प नदेखिरहेको छर्लंग प्रस्ट छ । अर्थार्त्   बाध्यता जस्तै बनेको देखिन्छ । भनेर   राष्ट्रिय तथ्यांक बिभागको तथ्यांकले  नंगाईदिएको छ  ।  यधपी उच्च शिक्षा लाई विदेश जानु सकारात्मक ठहरिन्छ । अझ त्यहाँ गएर त्यहाँको अध्ययन सकिए पश्चात् , त्यहाँ को ज्ञान र सिप स्वदेशमा प्रयोगमा  ल्याउनु, स्वयंम र देशलाई  फाईदाजनक मानिन्छ।
यधपी १७८ बर्ष अघि  राणाशासन समयमा  बिक्रम संबद  : १९०३  मा  राणाकालीन समयमा,राणाजीहरुको पालामा पनि बैदेशिक अध्यन गर्न जाने गर्द थिए  । यदपि  राणाशासन भएकाले  , राणाजी बाहेक अन्य जान पाइदैन थियो ।राणा शासनका संस्थापक : जंग बहादुर राणाले बेलायत र फ्रान्स बाट अनौपचारिक शिक्षा लिएका थिए  । जुद्द शम्सेर, चन्द्र शम्सेर भिम शम्सेर राणाले भारतबाट शिक्षा लिएका थिए  ।  तर  राणाजी हरु बैदेशिक अध्यन पश्चात्, स्वदेशमै फर्किने गर्दथे  ।
प्रजातन्त्रको स्थापना पछी मात्र   : बिक्रम सम्बद २००७ सालपछी राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना पछी , राजा त्रिभुवनले  भारत र युरोपियनका बिभिन्न देशहरुको भ्रमण गरे पश्चात् मात्र शाही परिवार सदस्य लगायत सबै नेपालिजनका लागी बैदेशिक शिक्षाको लागी ढोका खुलाईएको थियो  ।
शान्ति प्रेमी राजा  बिरेन्द्र बिक्रम शाहले  ईन्ल्यांड बाट शिक्षा लिएका थिए  । र  नेपालका अन्तिम राजा बनेका ज्ञानेन्द्र बिक्रम शाहले दार्जलिन बाट शिक्षा लिएका थिए  ।  बिगत लाई हेर्दा बैदेशिक शिक्षा  लिए पश्चात् ,  थोरै संख्यामा नागरिक ईच्छा बमोजिम विदेशमै बसेतापनि, धेरै संख्यामा स्वदेश फर्कने गर्थिए  ।

त्यो समयमा नेपालमा  बैदेशिक ज्ञान र सिप बिबिध क्षेत्रमा  प्रयोग भएका पनि  थिए  । र त्यसका बारेमा पुस्तकमा पढ़ेता पनि , प्रतक्ष्य अनुभब गर्न  छाउनी संग्राहलय, पाटन संग्रहालय , भक्तपुर संग्रहालयमा, बसन्तपुर मा, पाल्पा रानी दरबार, काक्रे बिहार र नेपालकै अन्य जिल्लामा अबस्थित स्थानमा सुरक्षित् राखिएको छ  ।

घरि घरि प्रश्न उब्जिरहन्छ  सायद  प्रश्नको बिषयबस्तु  समसमायिक भएकोले  होला । ७४ बर्ष पहिले देखि,  राणाकालिनमा,  राजाको पालामा र  नजिकै केहि बर्ष अघि सम्म । नेपाली बिधार्थीको बैदेशिक यात्रा उच्च शिक्षा (अध्यन) मुख्य उद्देश्य हुने गर्द थियो  र  जो आर्थिक स्तर मा बल्लिया थिए । अध्यन पश्चात् देश फर्किने गर्थे । र ज्ञान,सिप हरु प्रयोगमा आउंथे  । तर अहिले त्यो  निकै दुर्लभ मानिन्छ  । अहिले को उद्देश्य त्यो रहेन् । अहिले आर्थिक स्तर कमजोर भएकोले बिदेशिने  उद्देश्य रहेको छ । अहिले आर्थिक स्तर बल्लियो  नहुँदा पनि, बैक,सहकारी, लघुबित् र आफन्त इस्टमित्र बाट जोखिम मोलेर ऋण लिएका छ्न् ।  विदेश भनेपछी यी स्रोतहरुले बिश्वास पनि मान्ने गरेका छन्  । अहिले धेरै संख्यामा विदेशमा (पलायन) हुने मुख्य उद्देश्य छ ताकी, दिर्घकालिन सुख:सुबिधा उपभोग गर्न पाइयोस । यो नागरिकका लागी पक्कै सुखद पक्ष्  होईन्  । यसले नागरिक खुसि छैनन् र जनसंख्या घटिरहेको संकेत गर्छ  ।
नेपालको राष्ट्रिय जनगणनामा : राष्ट्रिय तथ्यांक बिभाग  अनुसार  २०७८ सालमा, दुई करोड एकानब्बे लाख चौसट्टी हजार जनसंख्या  सार्बजानिक भएको थियो ।  त्यसैलाई आधार मानेर जनसंख्या बढेर तिन  करोड पुगी सक्यो होला भनेर धेरैले “तिन”  करोड जनता भन्ने गर्थे  । तर  तिन करोड नपुगेको देखियो , झन्डै नौ लाख कम परेको देखियो । यधपी राष्ट्रिय जनगणना दश बर्षको अन्तर मा गरिन्छ  । अहिलेको बिदेशिने संख्या हेर्दा,  अबको सात बर्ष पछी राष्ट्रिय  जनगणना गर्दा करोडौको,  जनसंख्या कम हुन् सक्ने राजनीतिक विश्लेषकहरु आकलन गर्छन   ।

जनसंख्या घट्दा पर्ने प्रभाब :
जनसंख्या कुनै पनि देशको महत्वपूर्ण स्रोत हुन्छ  । जब जनसंख्या घट्न थाल्छ त्यस्ले समाज , अर्थतन्त्र, संस्कृति, र बिकास मा गम्भीर असर पुर्याउन सक्छ । बिश्वका बिभिन्न मुलुकमा जन्म दर घट्दा देखिएका प्रभाबहरु नेपाल जस्ता बिकासिल देशका लागी समेत पाठ बन्न  सक्छ  । श्रमशक्तिमा ह्रास : जनसंख्या घट्दा प्रमुख असर श्रमशक्ति मा पर्छ  ।  काम गर्ने योग्य जनसंख्या घटेपछी उधोग , ब्यापार, कृषि तथा अन्य क्षेत्रमा दक्ष् जनशक्ति मा अभाब देखिन्छ र यस्ले  उत्पादनमा कमि ल्याउँछ जसले आर्थिकमा गिरावट ल्याउँन सक्छ । अर्थतन्त्रमा असर : देशको कुल GDP मा प्रत्यक्ष् प्रभाब  पार्छ  । कर प्रणालीमा दबाब :  कम श्रमशक्ति हुँदा कर तिर्ने जनसंख्या घट्न  सक्छन्  तर बृद्द संख्या बढ्ने भएकाले राज्यको खर्च बढ्छ  । सामाजिक सुरक्षा पेन्सन र स्वास्थ्य सेवा जस्ता क्षेत्रहरुमा अतिरिक्त खर्च हुन् जान्छ । जसले राज्य लाई आर्थिक संकट मा पार्छ  । बृद्द जनसंख्याको : जनसंख्या घट्दा जेष्ठ नागरिकहरुको अनुपात बद्छ  । जसले स्वास्थ्य सेवा, सामाजिक सुरक्षामा ठुलो असर पार्छ  ।  युबा कम हुँदा बृद्दहरुको हेरचाह गर्नेको अभाब हुन् सक्छ, जसले सामजिक समस्याहरु निम्ताउंछ  ।
संस्कृतिक र सामाजिक प्रभाब : जनसंख्या कम हुँदा संस्कृति संरक्षणमा कठीनाई  आउँछ । खास गरि , भाषा परम्परा, चाडपर्ब हराउन सक्छन्  । किनकि पुराना पुस्ता हराउदै जान्छन् र नयाँ पुस्ता सिमित रहन्छ  । नबप्रबतनमा कमि:  आउन सक्छ  । युवाहरु नै नयाँ अविस्कार, प्रबिधि र ब्यबसाय का स्रोत हुन्  । यदि जनसंख्या घट्दै गयो भने नयाँ सोच , अनुसन्धान र प्रबिधिमा लगानी घट्न सक्छ  । जसले राष्ट्रको प्रतिस्पर्धात्मक क्षमतामा असर पार्छ  ।
यसो हुनु मुलुक दुर्गति तिर लम्किनु र त्यहाँ भएका नगारिक निराशा हुनु हो । यदपि संबिधानमा नागरिकलाई निराशा बनाउनु भनेकै छैन्  ।

२०७२ सालको संबिधान 

नेपालको २०७२ सालको संबिधानको धाराले भनेको छ कि ; जनताको हक र हितको सुरक्षाका लागि विभिन्न अधिकार र सुनिश्चितताहरू समावेश गरिएका  छन् ।  संबिधानको धारा भाग ३ , ४५ मा देश निकाला बिरुद्को हकमा : कुनैपनि नागरिकलाई देश निकाला गरिने छैन् भनेको छ । यदपि नेपाल सरकारले हाल् अमेरिकामा अप्राबासीलाई देश निकाला गरेको जस्तैः नगरेता पनि , नेपाल सरकारले चाहिँ आफ्ना नागरिकलाई अप्र्त्यक्ष् तर कुटनैतिक तवरले  देश निकाला गरिरहेको  तित्तो सत्य  भान भएको महशुश गरिरहेको छु । यदपि  म नेपाल मै छु । बिदेशिनुभएका नागरिकलाई यो भान भएको म महशुस गर्न सक्दछु   ।  यसो हेर्दा , जनसंख्या घट्नुमा प्रक्रिया बद्द एजुकेशनल कन्सल्टेन्सी जोडिएको त छ नै , मुख्यत: राज्य प्रणालीको लचकता, बेवास्ता, गैरजिम्मेवार  देखिन्छ । यस बिषयमा राज्यका प्रतिनिधिहरु  गम्भीर भएको देखिदै देखिएन् । राज्य निस्ठुरी देखियो  । अझ बरु गोर्खा जिल्लालाई चुनाबी क्षेत्र् बनाउनु भएका, पुर्ब प्रधानमन्त्रि ले त :नेपालिहरु हौसिएर विदेशिएको र कुन दिन अमेरिकाले लखेट्छ भनेर आरोप समेत लगाउनु भयो । उहाँ जस्तै भन्ने थुप्रै छन्  । यस कारण पनि नागरिक राज्यको हर्कत प्रति निराशा छ ।  पछिल्लो समय,   राज्यले जनतालाई  बिर्सिएर आफ्नो लागी र आफन्तका  लागी मात्र सम्झिएको देखिन्छ । यदपि  हाम्रो नेताजनहरुमा समेत बोध छ,  कि यो मुलुक बस्न लायक भएन , उहाँहरुले  बिभिन्न कार्यक्रम, गोष्ठीहरुमा बोल्नु भएको समाचारमा सुनिन्छ  । त्यसैले पनि होला , धेरै नेताजनहरु आफ्नो सन्तानहरु लाई विदेशमा पठाई सक्नु भएको छ । म यहाँ सार्बजानिक पदमा आसिन, उच्च अहोदामा हुनु भएका राज्यका प्रतिनिधिहरुका  केहि नाम समाबेश गरेको छु ।
बनमन्त्रि :सुपुत्र क्यानाडा, वाईडबडी काण्डमा आरोपित पुर्ब पर्यटन, मन्त्रि सुपुत्र युरोप (पीआर) प्राप्त , सिसिटिभी काण्डमा आरोपित पुर्ब अर्थ मन्त्रि, सुपुत्री अमेरिका, प्रदेश ६ का पहिलो मुख्यमन्त्री सुपुत्री क्यानडा र अन्य धेरै छन् लेख्दा धेरै लामो हुन् हुन्छ ।

अझ पनि धेरै खतरा भईसकेको छैन् , अहिले केवल, ब्यापारीहरु लगानी गर्न डर मात्र मानेका  छन्, बैंकहरु लाई सकस मात्र भईरहेको छ । नागरिकलाई दैनिकी गुजारा चलाउन्  अप्ठेरो मात्र भईरहेको हो । विदेशिनेको संख्या मात्र बढ्दै गईरहेको हो  । जनसंख्या  सकिएको चाहिं छैन्  । मुलुक चलायमानमा  मेरुदण्डको भूमिका रहेको जनता लाई बेवास्ता गरिएको ठहरिएको छ । यहाँ निर मुलुक हाक्दै गरेका ड्राईभरको नियतमा संकास्पद मानिन्छ । हरेक नागरिकलाई ,बालापन देखि नजिकिएको भुमि,  हुर्केको गाउँ, समाजको माया हुन्छ , आफ्नै गाउँ ठाउँ मा सङ्घर्ष गर्न जति  सहज ईजत्तिलो हुन्छ, त्यो विदेशमा हुँदैन्  ।

त्यस कारण राज्य संयन्त्र निकायले घट्दो जनसंख्या लाई मध्ये नजर गर्दै , निकट भबिष्यमा ; स्वदेशमा भएका नागरिकलाई र  विदेशमा भएका नागरिकलाई स्वदेशमै चुम्बकीय शक्ति जस्तो आकर्षित कसरि गर्ने भनेर गम्भीर भएर  रणनीति तयार पारिनु पर्छ । त्यो संगै  एजुकेसनल कन्सल्टेन्सीलाई नियमन गरिनु पर्छ ।
नागरिकलाई स्वदेशमै रोक्नका लागी दिर्घकालिन शिक्षामा सुधार गर्न लाई  निःशुल्क स्कूली शिक्षा गर्नु बनाउनु सकिन्छ,  अर्थार्त  सरकारी विद्यालयहरूमा  Kinder to 12th Grade (K-12) सम्म निःशुल्क । रोजगारीमूलक पाठ्यक्रम विकास गर्न,   विद्यार्थीलाई इंटर्नशिप, व्यवसायिक तालिम, र स्टार्टअप अवसरहरू उपलब्ध गराउन सकिन्छ  । ” AI एण्ड रोबर्ट ”  क्षेत्रलाई प्रवर्द्धन गर्दै नेपाललाई “AI” हब” बनाउन लगानी गर्ने।  अहिले बढ्दो जलबायु को असरले, जलवायु परिवर्तन र वातावरण क्षेत्रको कार्यक्रम , अन्तरिक्ष प्रविधि र उपग्रह कार्यक्रम , ब्रह्माण्ड अनुसन्धान कार्यक्रम  अध्यनको लागी सुचारु  गर्न  सकिन्छ  , अथवा  विदेशी कलेजहरू नेपालमै शाखा खोल्न प्रोत्साहित गर्न सकिन्छ । विदेशमा अध्ययन गरेर फर्कने नेपालीहरूलाई स्वदेशमा राम्रो रोजगारी तथा व्यवसाय गर्ने अवसर दिन सरकारको नीति बनाउन सकिने । ” Brain Drain” लाई  “Brain Gain” मा रूपान्तरण गर्न विदेशमा सीप हासिल गरेका व्यक्तिहरूलाई नेपालमै उपयोग गर्ने नीति ल्याउन सकिन्छ  ।

नेपाली युवा तथा व्यवसायीहरूलाई नयाँ प्रविधिमा आधारित व्यवसायहरू सुरु गर्न प्रेरित गर्नु पर्छ   सरकारले “Come Back Nepal Initiative” ल्याएर विदेश बस्नेहरूलाई नेपाल फर्कन प्रोत्साहित गर्नसक्नु पर्छ । राजनीतिक स्थिरता कायम गर्ने, सुशासन र पारदर्शिता बढाउनु पर्छ । युवाहरूलाई नीतिनिर्माण प्रक्रियामा सहभागी गराउनु पर्दछ ।  यी र अन्य धेरै महत्वपूर्ण बिषयमा राज्यले ध्यान दिए मात्र,  बिधार्थी तथा नागरिकहरुको विदेश पलायन रोक्न सके मात्र , नेपालको दिगो बिकास सम्भब हुन्छ।

एजुकेसनल कन्सल्टेन्सीलाई नियमन गर्नु पर्ने  :
एजुकेसनल कन्सल्टेन्सीको उद्देश्य बिधार्थीलाई राष्ट्र तथा अन्तराष्ट्रिय बिश्वबिधालयमा,कलेजमा शैक्षिक् परामर्श गर्ने, भर्ना गराउने हुन्छ । यसै गरि थुप्रै बिधार्थीहरुले भरपुर् फाईदा उठाएका पनि छन् । तर नेपालमा अहिले एजुकेसनल कन्सल्टेन्सीको प्रभाब : अहिले नेपालमा बाक्लिदो छ । धेरै लाखौ बिधार्थीले  सेवा लिरहेका छन् । तर सेवा लिनेको संख्या कल्पना भन्दा बाहिर गएको छ । जुन एकदम सोचनीय छ । केहि न्यून संख्यामा विदेशको रहन सहनको प्रभाबले,  तानिएता पनि, अहिले धेरै संख्यामा विदेशमै पलायन हुने मुख्य उद्द्देश्य छ । यस्ले मुलुकमा खतराको संकेत गरिसकेको बुझिन्छ  । यस कारण  नेपाल सरकारले एजुकेशनल  कन्सल्टेन्सीलाई नियमन गर्नका लागी,  कन्सल्टेन्सीहरूले विदेशका लागी मात्र नभएर , नेपालकै गुणस्तरीय विश्वविद्यालयबारे परामर्श दिनुपर्ने कानूनी व्यवस्था ल्याउनुपर्छ। नेपालमा उपलब्ध छात्रवृत्ति, रोजगारीका सम्भावना, स्टार्टअप, र उद्यमशीलता कार्यक्रमबारे जानकारी गराउनु अनिवार्य गर्नुपर्छ। त्यसैगरी सरकारले “Career Counseling Act” ल्याएर कन्सल्टेन्सीहरूलाई नियमित गर्नुपर्छ। नेपाल सरकारको शिक्षा मन्त्रालय वा सम्बन्धित निकायले एजुकेशनल कन्सल्टेन्सीहरूको नियमित अनुगमन गर्नुपर्छ । कन्सल्टेन्सीहरूले वार्षिक प्रतिवेदन बुझाउनुपर्ने र सरकारले मूल्याङ्कन गर्नुपर्छ । र विद्यालय तथा कलेजहरूमा “Career Counseling Centers” स्थापना गर्दा   शुल्कको सुरक्षा कोष (Student Protection Fund) बनाउने, जसले विद्यार्थीलाई आर्थिक ठगीबाट जोगाउन सक्छ  ।

अन्तत: राज्यले यी क्षेत्रमा कडा नीति , नियम , र निर्देशनहरु लागु गरे कन्सल्टेन्सी  ब्यबस्थित , पारदर्शिता र नेपालमै सम्भावना बारेमा संदेश प्रबाह गर्न सकिन्छ । मुलुकको अर्थमा पनि योगदान पुग्ने गरि,  कन्सल्टेन्सी हरुले बोध गर्न आबस्यक छ कि, बेफाईदा जनताले भोग्नु हुदैन र ब्यबसाय घाटामा हुनु हुदैन भने बोधले  एक पक्ष फाईदामा गएर , अर्को  पक्षको भद्रगोल अवस्था हुनु  राम्रो होईन  ।  र सरकारले बिदेशी अनुदान, बिदेशी सहयोग, र नेपालि नागरिकको कर दुरुपयोग नगर्ने हो भने, ब्यबसायिक,  नागरिक र मुलुकको मुहारमा खुसि देखिने कुरा कुनै सन्देह छैन्   ।
प्रतिक्रिया जनाउनुहाेस्