बझाङको देवल विमानस्थल स्तरोन्तिको कार्य अन्तिम चरणमा

Image

मकरराज धामी साउन ३० बझाङ:-  लामो समय देखि बन्द अवस्थामा रहेको बझाङको देवल विमानस्थलको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । एक दशक देखि बन्द अवस्थामा रहेको देवल विमानस्थलको कालोपत्रे सहित वरिपरि घेरवार लगाउने काम र नाली निमार्णको काम सकिएको छ । ट्रमिनल भवन बाहेकका अन्य भौतीक संरचनाको काम सम्पन्न भए संगै विमानस्थलको निमार्ण कार्य अन्तीम चरणमा पुगेको छ ।

विमानस्थल सुचारु गर्न पटक–पटक दबाब दिए पछि नागरिक उड्डयन प्राधिकरणले २०७५ को साउन महिनामा विमानस्थल कालोपत्रेका लागि टेन्डर आह्वान गरेको थियो । करिब ५ करोड ५० लाखको लागतमा १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी अमर कन्स्ट्रक्सनले विमानस्थललाई स्तरोन्ती गर्ने जिम्मा पाएको थियो । बैशाख महिनामै सम्पन्न गर्ने लक्ष्य भएको भए पनि कोरोना भाईरस अर्थात कोभिड १९ का कारण भएको बन्दाबन्दीका कारण विमानस्थल निमार्णको काम प्रभावित भएको ठेकेदार कम्पनिका प्रतिनिधि प्रदिप डंगोलले बताए । उनले भने करिब ६ सय ५० मिटर रनवे कालोपत्रे र वरिपरिको नालीको काम सकिएको छ । अब विमानस्थलको साईड फिलिङको काम मात्र बाँकी छ । यो काम पनि भदौ भित्रै सकिने र भदौको पहिलो साता परिक्षण उडानको तयारी समेत भैरहेको उनको भनाई छ ।

एक दशक देखि बन्द अवस्थामा रहेको विमानस्थल सुचारु हुने पछि यहाँका स्थानियहरु खुसी भएका छन । लामो समय पछि विमान चढने बझाङवासीको सपना पुरा हुने भएको छ । समयमै काम सम्पन्न भई विमान सञ्चालनमा आएपछि सुत्केरी महिला, दुर्घटनामा परेका व्यक्तिहरूले ज्यान गुमाउन नपर्ने स्थानीय प्रविन्द्र धामीले बताए । उनले भने हिउँदको समयमा जयपृथ्वी राजमार्गमा हिँउ जम्मा हुने र वर्षा भएको वेला विभिन्न ठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध हुने गरेको छ । जस्का कारण यात्रुहरुले निकै सास्ती खेप्नु परेको छ । सडक अवरुद्ध हुँदा आपतकालीन विरामीहरूले बाटोमै ज्यान गुमाउने गरेका छन । विमानस्थल सुचारु नहुँदा जिल्लामा आउने पर्यटकहरूको संख्यामा कमि आएको पर्यटन व्यवसायि किसोर खडकाको भनाई छ । उनले भने बझाङको सडक यात्रा अत्यन्त कष्टपूर्ण छ । विमानस्थल सञ्चालनमा आएपछि जिल्लाको साइपाल हिमाल, खप्तड राष्ट्रि निकुञ्ज, सुर्मा ताल, कैलाश गुफा, कैलाश मानासरोबरलगायतका दर्जनभन्दा बढी धार्मिक तथा पर्यटकीय स्थलहरूमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत बृद्धी हुनेछ ।

विमानस्थलको स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको भए पनि अव सरोकारवालाहरुले नियमित जहाज उडाका लागी पहल गर्नु पर्ने बझाङवासीको भनाई छ । २०३५ सालमा निर्माण भएको देवल विमानस्थलको स्तरोन्ति हुन नसक्दा जहाजले उडन भर्न सकेका थिएनन् ।

केही समय निगम बाहेकका निजी विमान कम्पनीहरूले पनि बझाङबाट नेपालगन्ज र धनगढीका लागि उडान भर्ने गरेका थिए । बझाङबाट नेपालगन्ज जाने यात्रुको चाप घट्न थालेपछि निजी विमान कम्पनीहरूले पनि उडान रद्द गरेका थिए । अझै पनि धनगढी बझाङ उडान सञ्चालन गर्न सके दैनिक दुइवटा ट्वीनअटर फ्लाइट गर्न सकिने सम्भावना रहेको विमान कम्पनीहरूले बताउँदै आएका छन् ।

तत्कालिन समयमा शाही नेपाल वायुसेवा निगमले साप्ताहिक रूपमा उडान सुरु गरेको भए पनि २०६५ सालमा बझाङ सदरमुकाम चैनपुरसम्म सडकको सजह पहँुच भए संगै विमानस्थलमा कुनै पनि उडान भएका छैनन् । २०६६ सालमा नेपाल वायुसेवा निगमले बझाङ सदरमुकाममा रहेको आफ्नो कार्यालयसमेत बन्द गरेको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन