बाइसधारा युवा समाजका संस्थापक राम बोहरा (श्री राम) ले आफ्नो ३०औँ जन्मदिनको अवसरमा भिरबाट लडेर गम्भीर घाइते हुनुभएकी अम्ता देवी बोहराको उपचारका लागि आर्थिक सहयोग गर्नुभएको छ।बुंगल नगरपालिका–१, गोइचन निवासी बोहराले जन्मदिनमा हुने खर्चलाई मानवीय सेवामा समर्पित गर्दै अम्ता देवीको उपचारमा सहयोग पुर्याउनुभएको हो। उहाँको उपचारमा केही भए पनि सहयोग पुग्ने उद्देश्यले गरिएको यो कार्य सामाजिक सेवाप्रतिको जिम्मेवारी र मानवीय संवेदनाको उदाहरण बनेको छ।
गत भदौ ९ गते भिरबाट लडेर घाइते हुनुभएकी अम्ता देवीको मेरुदण्डमा गम्भीर चोट लागेको र शरीरको तल्लो भाग नचल्ने अवस्था रहेको बताइएको छ। हाल उहाँको काठमाडौंस्थित पाटन अस्पतालको आईसीयूमा उपचार भइरहेको छ। लामो समय अस्पतालमा राखेर उपचार गर्नुपर्ने र ठूलो रकम खर्च हुने भएपछि उहाँको परिवार आर्थिक संकटमा परेको छ। यस्तो कठिन परिस्थितिमा राम बोहराले जन्मदिनको अवसर पारेर गर्नुभएको सहयोगले पीडित परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ। जन्मदिनलाई व्यक्तिगत खुसी र उत्सवमा मात्र सीमित नराखी दुःखमा परेका व्यक्तिलाई सहयोग गर्ने बोहराको यो कदम प्रशंसनीय छ। सहयोग रकम सानो होस् वा ठूलो, दुःखमा परेका व्यक्तिलाई अप्ठ्यारो समयमा गरिने सहयोगले ठूलो अर्थ राख्ने बाेहराकाे भनाई छ ।
प्रतिक्रिया जनाउनुहाेस्
























