हेलिकप्टर मार्फत झोलुङगे पुल सामान ढुवानी

५ बर्ष देखि अलपत्र झोलुङगे पुल बन्दै

मकरराज धामी साउन ३० बझाङ :- बझाङको साईपाल गाँउपालिकामा हेलिकप्टर मार्फत झोलुङगे पुलको सामान ढुवानी गरिएको छ । जिल्लाको दुर्गम साइपाल गाउ“पालिकाको वडा नं ४ मा इङलद्धार पुल ठेक्का सम्झौता भएको पा“च वर्ष पछि सुरु हुन लागेको हो । समयमै पुल निमार्ण हुन नसक्दा खोला तर्ने क्रममा पछिल्लो पा“च वर्षको समयमा ७ जनाले ज्यान गुमाइसकेका छन । पुल नबन्दा गत बर्ष सा“घुबाट नदी तर्ने क्रममा सा“घु भाचिएर २ जना यार्सा संकलकको ज्यान गएको थियो भने २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो । २०७३ साल मंसिरमा स्थानिय विकास मन्त्रालय अन्र्तगतको डोलिडार परियोजनाले पुल निर्माणको लागि टेन्डर आव्हान गरेको थियो । १ सय २० मिटर लम्बाई भएको उक्त पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने गरि हरीहरी निमार्ण सेवाले ठेक्का पाएकोे थियो । पाँच बर्ष संग निमार्णको जिम्मा पाएको कम्पनिले विभिन्न बाहाना दिदै काम सुरु गरेको थिएन । अहिले हेलिकप्टर मार्फत निर्माण सामाग्री ढुवानी गरेर पुल निर्माणको काम सुरु गरिएको हो ।


सामान ढुवानी गर्न सबै विकल्पहरुमा प्रयास गर्दा गर्दै समय वित्यो । मान्छे र खच्चर मार्फत ढुवानी गर्न सम्भव नभएकाले हेलिकप्टर मार्फत सामान ढुवानी गरिएको ठेकेदार कम्पनि हरीहरी निर्माण सेवाका प्रमुख प्रकाशजंङ शाहले बताए । उनले भने यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री ढुवानी गर्न निकै चुनौती छ । झोलुङगे पुल निर्माणको लागि आवश्यक पर्ने लठ्ठा, डेग, सरिया, सिमेन्ट लगायत सम्पुर्ण सामानहरु हेलिकप्टर मार्फत निर्माण स्थल पुगाई सकेका छौँ । अबको दुई महिना भित्र पुल निमार्ण भईसक्छ । असोज १५ गते सम्म हस्तान्तरण गर्ने गरि निमार्णमा जुटेका छौँ । पुल निर्माण स्थल अत्यन्तै विकट ठाउ“मा भएको र सामाग्री ढुवानीमा कठिनाई भएकाले निर्माण कार्य ढिला भएको उनको भनाई छ ।

पुल निर्माण हुन लागेको ठाँउ साइपाल गाउ“पालिकाको धुली गाउ“बाट झण्डै २० किलोमिटर उत्तर तिर पर्छ । यही बाटो भएर बर्षेनि हजारौंको संख्या यार्सा तथा जडिबुटी संकलक र कैलास मानसरोवर जाने तिर्थयात्रीहरु हिड्ने गर्दछन । साइपाल गाउ“पालिकाका बासिन्दाको दैनिक कामकाज र पशुपालनका लागि ओहोर दोहोर गर्ने बाटो पनि हो । हिँउदको समय नदीमा पानीको बहाव कम भए पनि बर्षातको समयमा यहाँका स्थानियहरु जोखिम मोलेर जंघार तर्ने गरेका छन । ढिलै भए पनि पुल निर्माण हुने पक्का भए पछि साईपालवासी खुसी भएका छन ।

पुल नहुदा साह्रै जोखिम यात्रा गर्नु परेको थियो । एउटा काठको सहारामा नदी तर्दा काठ भाचिने र तर्दा तर्दै साँघु हल्लीएर विच भंगालोमा खस्ने डर हुन्थ्यो । नदी तथा खोलामा आएको बाढीले सा“धु पनि पटक पटक बगाउने गरेकोले साह्रै सास्ती खेप्नु परेको स्थानिय गोरख बोहराले बताए । उनले भने इङगलद्धारमा पुल बन्ने भए पनि यस गाउ“पालिकाका अन्य धेरै नदी खोलाहरुमा पुल नहु“दा अझै जोखिम छ । गाउ“पालिका र स्थानियको सक्रियतामा बनेका काठेपुलहरु पनि बर्षायाममा बाढीले बगाउने गरेको छ । अझे पनि अधिकासं खोलामा काठको सा“घुको भरमा वा जंघार तरेर नदी तथा खोला पार गर्नु परिरहेको छ । बर्खाको उर्लदो भेलमा काठको सा“घुको सहायताले खोला तथा नदी पार गर्दा अत्यन्त जोखिम हुने गरेको उनको भनाई छ ।


ठेक्का सम्झौता भएको बर्षौ विते पनि पुल बन्ने संकेत नदेखिए पछि गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामी ठेकेदार खोज्दैे पटक पटक काठमाण्डौं गएका थिए । यो पुल निर्माण भए पछि आवत जावतमा सहज हुनुका साथै छिमेकी राष्ट्र चीन स“गको व्यापार व्यवसायमा पनि फस्टाउने देखिन्छ । पुल निमार्णका लागी सम्झौता भएको पाँच बर्ष वित्दा पनि केहि संकेत नदेखिए पछि आफै काठमाडौँ गएर ठेकेदार संग पुल निमार्णका लागी ध्यानाकर्षण गराएको र ढिलै भए पनि पुल बन्ने निश्चित भएको गाँउपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । उनले भने यहा“का विभिन्न नदी र खोलाहरुमा कम्तीमा ७ वटा पुलको आवश्यता रहेको छ । ढुवानीका कारण एउटा झोलुङ्गे पुलको लागत एक करोड भन्दा बढी लाग्ने भएकाले गाउ“पालिकाको बजेटबाट सम्भव छैन । पुल निमार्णका विभिन्न ठा“उमा धाए पनि कतैबाट सुनुवाई नभएको उनको भनाई छ । वाटोमा झोलुङ्गे पुल नहुदा साइपाल हिमालको बेसक्याम्प र तिब्बत तिर जाने पर्यटक र स्थानियहरु गन्तव्यमा नपुगी विच बाटो बाटै पmर्किने गरेका छन ।

janahit ma jari sandesh
Masta R.M
Loading...