मकरराज धामी साउन ३० बझाङ:- बझाङमा पिसीआर मेसीन खरिदमा ढिलाई भएको छ । स्थानीय तहबाट समयमै रकम जम्मा नहुनु, मेसिन ल्याइरहेको स्थानमा सडक अवरुद्ध हुनु र लामो प्रक्रिया हुनुले मेसिन ल्याउन ढिलाई भएको जिल्ला अस्पताल बझाङका कोरोना सम्पर्क व्यक्ति डाक्टर मिलन खड्काले बताए । नेपाल र चीनको सिमानाका केरुङ लगायतका ठाउँमा पहिरो गएर सडक अवरुद्ध हुँदा मेसिन जिल्ला भित्र्याउन ढिलाई भएको उनको भनाई छ । उनका अनुसार मेसिन सञ्चालनका लागि भौतिक संरचना तयार भइसकेको र आवश्यक ४ जना कर्मचारी भर्ना प्रक्रिया अन्तिम चरणमा पुगेको छ । मेसीन खरिदा लागी आवश्यक सबै प्रक्रिया पुरा भएकाले अब को १० दिनभित्र पीसीआर मेसिन बझाङ आइपुग्ने भएको छ । दैनिक २ सय जनाको रिपोर्ट जाँच गर्न मिल्ने उक्त पीसीआर मेसिन भदौ पहिलो साताबाट सञ्चालनमा आउने उनको भनाई छ ।