महाकाली साहित्य संगम बझाङको अध्यक्षमा कार्की चयन

Image

बझाङ । महाकाली साहित्य संगम बझाङ शाखाको अध्यक्षमा प्रभुराज कार्की चयन हुनुभएको छ । शाखाका निवर्तमान अध्यक्ष शैलेन्द्रबहादुर सिंह केन्द्रीय सदस्यमा चयन भएपछि रिक्त रहेको अध्यक्ष पदमा आज भएको बैठकले कार्कीलाई चयन गरेको हो ।

बुङ्गल नगरपालिका–३ खोल्लेकमा आयोजित साहित्य स्रष्टा भेटघाट, रचनावाचन तथा बैठकले कार्कीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको जनाएको छ ।

यसैबीच, आज नै खोल्लेकमा महाकाली साहित्य संगमको आयोजनामा स्रष्टा भेटघाट तथा रचनावाचन कार्यक्रम पनि सम्पन्न भएको छ । महाकाली साहित्य संगम बुङ्गल उपशाखाका अध्यक्ष अकलबहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य शैलेन्द्रबहादुर सिंह, साहित्यकार तथा शिक्षक लोकेन्द्र बोहरा परिवर्तन, शिक्षक एवं साहित्यकार आरबी सप्तरङ्गी, नवनिर्वाचित अध्यक्ष प्रभुराज कार्की, त्रिवेणी आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डम्बरबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो । स्रष्टा भेटघाट कार्यक्रममा सहभागी साहित्यकार तथा स्रष्टाहरुले आफ्ना विभिन्न साहित्यिक रचनाहरु वाचन गरेका थिए ।

प्रतिक्रिया जनाउनुहाेस्