रास्वपा बझाङको १० पालिकामा अधिवेशन सम्पन्न, आज जिल्ला अधिवेशन हुँदै

Image

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङका १२ मध्ये १० वटा स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न गरेको छ ।

भौगोलिक रूपमा विकट रहेका सुर्मा र साइपाल गाउँपालिका बाहेकका सबै पालिकामा रास्वपाले अधिवेशन गरिसकेको हो । पालिका अधिवेशनहरूबाट नयाँ नेतृत्व समेत चयन गरिएको छ ।

रास्वपा बझाङका अनुसार चयन भएका पालिका सभापतिहरू निम्न बमोजिम छन् ।

१.जयपृथ्वी नगरपालिका : कलक खड्का
२.बुङ्गल नगरपालिका : लोकेन्द्र जाग्री
३.मस्टा गाउँपालिका : मिनेश रोकाया
४.खप्तडछान्ना गाउँपालिका : डम्बर रोकाया
५.दुर्गाथली गाउँपालिका : रबिजंङ ओली
६.केदारस्युँ गाउँपालिका : लक्ष्मण भण्डारी (राजु)
७.बित्थडचिर गाउँपालिका : हर्कराज जोशी
८.छबिसपाथिभेरा गाउँपालिका : चन्द्र सिंह
९.तलकोट गाउँपालिका : नरेन्द्र सिंह
१०.थलारा गाउँपालिका : दुघ्धेश्वर पाण्डेय (देव)

१० वटा पालिकाको अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै रास्वपा आज जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । बझाङको सदरमुकाम चैनपुरमा आज एक भव्य समारोहका बीच जिल्ला अधिवेशन हुन लागेको हो । जिल्ला अधिवेशन उद्घाटनका लागि रास्वपाका केन्द्रीय नेताहरू बझाङ आइपुग्ने कार्यक्रम रहेको छ ।

अधिवेशन उद्घाटनका लागि केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य केपी खनाल, केन्द्रीय सदस्य रूपा शंकर र हेमराज थापा लगायतका नेताहरू चैनपुर आउने कार्यक्रम रहेको रास्वपा बझाङका जिल्ला सभापति सत्यराज उपाध्यायले बताए । जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन समेत गर्ने भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन