Jayaprithvi Municipality

बुङगलका एक युवाले गरे दिर्घराेगीका लागी १ लाख ५० हजार बराबरको औसधि सहयोग

धुर्व विष्ट बुङ्गल – बुङ्गल नगरपालिका वडा.न ६ का एक युवाले बुङ्गल नगरपालिकालाई १ लाख ५० हजार बराबरको औसधि सहयोग गरेका छन । सर्बहारा उत्थान युवा समाजका अध्यक्ष  तथा योगदान रास्ट्रका लागि सस्थाका जिल्ला संयोज समेत रहेका युवा ललित बहादुर सिहले स्वास्थ्यका साखा उप–संयोजक भुमिराज जोशीलाइ हस्तान्तरण गरेका हुन । विश्व माहामारिको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस सङक्रमण र सन्त्रास फैलिन नदिन भएको वन्दाबन्दी कारण दिृघरोगी, तथा नियमीत औषधी सेवन गर्न नपाएका बुङ्गल नगरपालिकाका नागरिकहरुको स्वास्थ्य सुरक्षा र सहजताका लागि ग्यास्टिक, प्रेसर, मुटु सम्बन्धी रोगको औषधीे नगरपालिकालाई हस्तान्तरण गरेको स्वास्थ्य शाखा उप स‌योजक भुमीराज जोशीले बताए ।

बन्दाबन्दीको समयमा शिंहले जिल्लाका बिभिन्न स्थानीय तहका अतिविपन्न गरिब, दलित, अशक्त, पिछडिएका समुदाय हरुलाई आफ्नो व्यक्तिगत सहयोगमा स्वास्थ्य सामग्री र राहत सामग्री समेत वितरण गरेका थिए । शिंहले नगरपालिका स्वास्थ्य साखालाई उपलब्ध गराएको औषधी नगरपालिकाको वडा.न ९ को देउलिकोट स्वास्थ्य चौकी वडा.न २ को दहबगर स्वास्थ्य चौकी वडा.न ७ को पिपलकोट स्वास्थ्य चौकी ६ को कफलसेरि स्वास्थ्य चौकीमा पठाईने स्वास्थ्य शाखाले जनाएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...