बझाङ, : ‘जेन–जी’ पुस्तामाझ परिचित युवा नेता तथा नेपाल विद्यार्थी संघ (नेविसंघ) बझाङका जिल्ला सहसचिव अनिल थापा पनि पूर्वसभापति शेरबहादुर देउवा पक्षमा खुलेर उभिएका छन्।
मष्टा गाउँपालिकाका घर भएका थापाले देउवा पक्षले सार्वजनिक गरेको महाधिवेशन कार्यतालिकालाई समर्थन गर्दै असोज १५ गते हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीभित्र देखिएको विवादको समाधान विधि, विधान र प्रक्रियाबाट हुनुपर्ने उनको धारणा छ। नेपाली कांग्रेसभित्र चुलिएको आन्तरिक विवादको प्रभाव बझाङमा पनि देखिएको छ। ,
देउवा पक्षले असोज ३ र ४ गतेको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आह्वान गर्दै नयाँ कार्यतालिकाअनुसार अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ। आज सदरमुकाम चैनपुरमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस बझाङका पूर्वसभापति हर्कजंगबहादुर सिंहले विशेष महाधिवेशनका नाममा भइरहेको प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले तय गरेको कार्यतालिकाअनुसार असोज १५ गते हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गर्नुभयो।देउवा पक्षको कार्यतालिकाअनुसार असोज १५ गते वडा, असोज २० गते पालिका, असोज २३ गते प्रदेश सभा क्षेत्रीय, कात्तिक १५ गते जिल्ला, मंसिर ४ गते प्रदेश र मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने उल्लेख छ।























