चैनपुर सहरी खानेपानीको नेतृत्वका लागि आज निर्वाचन, अध्यक्षमा तीन जनाको भिडन्त

Image

बझाङ,; चैनपुर सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ कार्यसमिति चयनका लागि बुधबार निर्वाचन हुँदै छ । संस्थाको चौथो अधिवेशन मंगलबार उद्घाटन भएको भए पनि नेतृत्व चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत नयाँ कार्यसमिति छान्न लागिएको हो ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास विफल भएपछि निर्वाचन कार्यक्रम तय गरिएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद जोशीले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तोकिएको छ । निर्वाचनमा कुल १ हजार ३ सय ३७ जना उपभोक्ता मतदाता रहेका छन् । संस्थाको मुख्य पद अध्यक्षका लागि लोकेन्द्र विष्ट, लोकेन्द्र खड्का र नरेन्द्र खड्का गरी तीन जना चुनावी मैदानमा छन् । त्यस्तै, उपाध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि कलक बोहरा, बबिनबहादुर सिंह, खडक सुनार, जुना जाग्री र देवेन्द्र खड्का प्रतिस्पर्धामा उत्रिएका छन् ।

सचिव पदका लागि शंकर रसाइली, जगदिस रोकाया, निरन विष्ट र गोविन्द विक गरी चार जनाले मनोनयन दर्ता गराएका छन् । सह–सचिव पदमा मनिराम उपाध्याय, लोकेन्द्र विक, जनकबहादुर धामी, कुबेर विक र सुनिलकुमार दमाई गरी पाँच जना बीच प्रतिस्पर्धा हुँदै छ । कोषाध्यक्ष पदमा भने देवकी सिंह र सुनिता थापा गरी दुई जनाको मात्र उम्मेदवारी परेको छ ।

अन्य पदहरूमध्ये खुल्ला सदस्यतर्फ भने सर्वसम्मत रूपमा चयन भइसकेका छन् । महिला सदस्य र जनजाति सदस्य पदका लागि भने उम्मेदवारी दर्ता भई चुनावी प्रक्रिया अघि बढेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन