पाँचौँ राष्ट्रपति रनिङ शिल्डको तेस्रो दिनः दुर्गा मावि सिमालीको अग्रता कायमै

Image

बझाङ। बुङ्गल नगरपालिका खेलकुद समितिको आयोजनामा पुस १५ गतेदेखि सञ्चालन हुँदै आएको पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तेस्रो दिनका खेलहरू सकिदा तेस्रो दिनसम्मको पदक तालिकामा दुर्गा माध्यमिक विद्यालय सिमालीले अग्रता कायम राखेको छ।

नगर खेलकुद समितिका अनुसार दुर्गा मावि सिमालीले हालसम्म ५ स्वर्ण, २ रजत र २ कास्य गरी जम्मा ९ वटा पदक जित्दै शीर्ष स्थानमा रहेको छ । त्यसैगरी सरस्वती माध्यमिक विद्यालय बिजगडाले ३ स्वर्ण र २ रजत गरी ५ पदक हात पार्दै दोस्रो स्थानमा रहदा शारदा माध्यमिक विद्यालय सैनोडीले ३ स्वर्ण, १ रजत र २ कास्य गरी ६ पदकसहित तेस्रो स्थानमा रहेको छ। यस्तै, केदार माध्यमिक विद्यालय देउलीकोटले २ स्वर्ण १ रजत, २ कास्य गरी ५ पदक, कफलसेरी माध्यमिक विद्यालय कफलसेरीले १ स्वर्ण, १ रजत र ४ कास्य गरी ६ पदक प्राप्त गरेको छ । सिताराम माध्यमिक विद्यालय डौडले १ स्वर्ण र १ रजत, महेन्द्र माध्यमिक विद्यालय गैरीज्यावनले १ स्वर्ण र १ रजत, महादेव माध्यमिक विद्यालय अठपालीले १ स्वर्ण र ३ कास्य गरी ४ पदक हात पारेको छ।

त्यस्तै चन्द्र माध्यमिक विद्यालय गिरौलेले १ स्वर्ण, रत्न माध्यमिक विद्यालय खोल्लेकले ६ रजत र १ कास्य गरी ७ पदक, शिव माध्यमिक विद्यालय पातलले २ रजत, कन्या माध्यमिक विद्यालय बटुलसेराले १ रजत र २ कास्य गरी ३ पदक प्राप्त गरेका छन्। भगवती माध्यमिक विद्यालय सोला र सत्य माध्यमिक विद्यालय तोलिचौरले १–१ कास्य पदक हात पारेका छन्।

प्रतियोगितामा बुङ्गल नगरपालिकाभित्रका विभिन्न माध्यमिक विद्यालयहरूको सहभागिता रहेको छ। एथलेटिक्स, भलिबल, कबड्डी लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा जारी रहेको नगर खेलकुद समितिले जनाएको छ। समितिका अनुसार प्रतियोगिताका बाँकी खेलहरू सकिएपछि अन्तिम नतिजा सार्वजनिक गरिनेछ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन