बझाङ -बझाङ जिल्लाको तलकोट गाउँपालिका–४ लोकण्डमा एक घरमा आगलागी भएको छ। स्थानीय हाजिरी रोकायको घरमा मंगलबार खाना पकाउने चुलोबाट आगलागी भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
आगलागीका कारण घरको भुईँ तलामा बाँधेर राखिएका एक गाई, एक गोरु र एक भैँसी गरी जम्मा तीन वटा चौपाया मरेका छन्। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागी हाल नियन्त्रणमा आइसकेको छ भने क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको छ।
प्रतिक्रिया जनाउनुहाेस्
























