वडामै पुगेर योजना सम्झौता गर्दै बुंगल नगरपालिका

परीक्षा तालिका
तस्विरः बु‌गल नगरपालिकाको कार्यालय बझाङ

बझाङ । बुंगल नगरपालिकाले वडामै पुगेर योजना सम्झौताको कामगर्ने भएको छ । वडा कार्यालय तथा बुंगल नगरपालिकाको कार्यालय बाट आर्थिक वर्ष २०८२÷०८३ का लागि विनियोजित रकमले कार्यान्वयनमा आउने सम्पुर्ण योजनाको सम्झौता वडा कार्यालयमै पुगेर गर्नलागिएको हो ।

यो प्रावधानले सबै योजनाका लागि नगरपालिकाको केन्द्रमा धाउनु पर्ने बाध्यता अन्त्य भएको छ । बुंगल नगरपालिका बाट पौष ६ गते देखी निरन्तर सम्झौताका लागि कार्यालय प्रमुख सहित प्राविधिकको टोली सबै वडा कार्यालयमा खटेका छन् । योजना कार्यान्वयन गर्न गठित उपभोक्ता समितिलाई सहज बनाउन र कम खर्चिलो बनाउन वडामै पुगेर वडागत योजना सम्झौता गर्न थालिएको बुंगल नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धुर्वराज जोशीले बताउनुभयो । उहाँले ‘योजना सम्झौता सँगै उपभोक्ता समितिका पदाधिकारीलाई योजना कार्यान्वयनका सवालमा अनुशिक्षणसमेत गर्न लागिएको बताउनुभयो ।

वडाबाटै योजना सम्झौता कार्य यहि पौष ६ गते वडा नम्बर ११ पुतलिलेक, पौष ७ गते वडा नं १० को वडा कार्यालय, पौष ८ गते वडा नं ९ को कार्यालय, ९ गते वडा नं ८ को कार्यालय,१० गते वडा नं ७ को वडा कार्यालय र पौष ११ गते वडा नं ६ को वडा कायाृलय खौलाधारमा योजना सम्झौता गरिने बताइएको छ । यसं गरी पौष १२ गते ३ नं वडा कार्यालय, १३ गते २ नम्बर वडाकार्यालय १४ गते १ नं वडा कार्यालय र पौष ४ र ५ गते वडा नं ४ र ५ का लागि नगरपालिकाको कार्यालय हाटकोटमै योजना सम्झौता योजनाको सम्झौता गरिन लागिएको नगरपालिका द्धारा सुचनामा उल्लेख गरिएको छ । वडा कार्यलयमै योजना सम्झौता हुनेभएपछि उपभोक्ता समितिका पदाधिकारी लगाएत सबैलाई सहज भएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन