बझाङ : नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पुर्व अनेरास्ववियुका केन्द्रीय अध्यक्ष ऐन महरले अनेरास्ववियु (अखिल) लाई बदलिँदो सन्दर्भमा जिम्मेवार र खरो संगठनका रूपमा उभिनुपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत महरले अनेरास्ववियुले आफ्नो गौरवपूर्ण इतिहासलाई साक्षी राख्दै नयाँ पुस्ता, विशेषगरी जेनजीको आशा र भरोसाको केन्द्र बन्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ´यो बेला को नेता बन्ने प्रधान होइन, इतिहासले सुम्पेको अभिभारा पूरा गर्न सम्पूर्ण नेता,कार्यकर्ता यथास्थानबाट जुट्नु पर्दछ।`
महरले आफू लगायत पूर्व अखिलका नेताहरूको साथ सहयोग निरन्तर रहने बताउँदै, यदि संगठनले जिम्मेवारी पूरा गर्न नसके इतिहासको कथा बन्ने निश्चित रहेकाे उल्लेख गरेका छन् ।
प्रतिक्रिया जनाउनुहाेस्
























