बैतडी : बैतडीको सिगास गाउँपालिका विभिन्न वडामा अज्ञात रोगका कारण बाख्रा मर्न थाले पछि किसानहरु चिन्तित भएका छन् । बाख्राहरुमा नाकबाट सिगाँन बग्ने, रातो पिसाब गर्ने, खाना नखाने जस्ता लक्षण देखिने गरेको ५ । सिगास गाउँपालिकाका -१ मा सोमबार १२ वोटा बाख्रा र मंगलबार सात ओटा बाख्रा गरि २० बाख्रा मरेका छन । यस्तै सिगासकै वडा नम्बर २ मा २१ बाख्रा, वडा नम्बर ३ मा ३५ बाख्रा र वडा नम्बरमा ४ मा १० बाख्रा गरि हालसम्म ८१ बाख्रा अज्ञात रोगका कारण मरेको स्थानीय कृषक उद्धव चर्मकारले बताए ।अज्ञात रोगले मरे पछि ती बाख्रालाई खाडलमा सुरक्षित तरिकाले पुरेको उनकाे भनाई छ ।
२०७५ साल यता सिगास गाउँपालिका वडा नम्बर २ मा पशु विशेषज्ञ सरुवा भएपछि यहाँका कृषकले सेवा नपाएको स्थानीय हरि सिह धामीको गुनासो गरे । सिगास गाउँपालिका वडा नम्बर २ का पशु प्राविधिक नवीन भुलले स्वाब संकलन गर्ने मेसिन ल्याउने तयारी भइरहेकाले मरेका बाख्रा खाडलमा नपुर्न र छिट्टै जाँच गर्ने भएको हुँदा कृषकलाई आत्तिन आग्रह गरे ।