बझाङमा १ सय ८३ जना प्रहरीको नमुना स्वाब संकलन

बझाङ : बझाङ जिल्लाभर खटिएका १ सय ८३ जना नेपाल प्रहरीको पनि नमुना स्वाब संकलन गरिएको छ । नमुना स्वाब संकलन गरिएकामध्ये १ सय ८२ नेगेटिभ रिर्पोट नेगेटिभ आइसकेको छ भने एक जनाको रिर्पोट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्लाका चैनपुर, बुंगलमा र नमुना स्वाब संकलन गर्ने ठाउँमा खटिएका प्रहरीको नमुना स्वाब संकलन गरि कोरोना परिक्षण गरिएको प्रहरी निरिक्षक नेत्र बोहराले बताए । उनका अनुसार प्रहरीले पनि विदा बसेर आउने र सरुवा भएर आउनेलाई १४ दिन अनिवार्य क्वारेनटाइनमा राख्ने गरिएको छ । फ्रन्ट लाइनमा रहेर काम गर्ने हुँदा प्रहरीमा कारोना संक्रमण जोखिम अत्यधिक हुने हुँदा कोरोना जाँच गर्नु परेको निरिक्षक बोहराको भनाई छ ।

Hohel Kananga
Loading...