बझाङ -बझाङको बुंगल नगरपालिका वडा नम्बर १ र २ मा पर्ने ताल सैन ठाँडीगाड यार्सागुम्बा तथा जडीबुटी संरक्षण र पर्यटन प्रवर्द्धनका लागि नयाँ समिति गठन गरिएको छ।
बुंगल नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कस्वा बोहराको अध्यक्षतामा बसेको बैठकले नयाँ समिति गठन गरेको हो। उक्त भेलाबाट समितिको अध्यक्षमा जैयधन धामी (बमोर), उपाध्यक्षमा जगत धामी, सचिवमा मोहन धामी, र कोषाध्यक्षमा देव धामी चयन भएका छन्।त्यसैगरी, सदस्यहरूमा जीवन धामी, प्रेम धामी (मलेरा), रतिभान धामी (काँडा), कलक धामी (सचिवन) र प्रकाश धामी (भेरगडा) सहित १९ जना रहेका छन्।
बैठकमा बुंगल नगरपालिका वडा नम्बर १ र २ तथा साविकको दहबगर गाविसका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र पत्रकारसहित १६४ जना सहभागी भएका थिए।
नवगठित समितिले चरिचरन व्यवस्थापन, वन क्षेत्र संरक्षण र पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्ने जनाएको छ।
यसअघि गठन भएको समितिले प्रभावकारी काम गर्न नसकेको भन्दै स्थानीयले नयाँ समिति गठन गर्नुपर्ने माग गरेपछि यो समिति गठन गरिएको हो।
समितिले स्थानीय तह र सरोकारवाला निकायसँग समन्वय गरी आगामी दिनमा संरक्षण र प्रवर्द्धनका काम अघि बढाउने योजना बनाएको छ।

























