बझाङः बझाङमा चट्याङ लागेर एकजना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा वित्थडचिर गाउँपालिका वडा नम्बर ३ की ७८ वर्षीय धौलि देवि बोहराको मृत्यु हो ।
बुधवार साँझ पानीसँगै आएको चट्याङ लाग्दा बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए।
धौलि देबि बोहराको हिजो साझ भान्सामा खाना पकाउने क्रममा चट्याङमा परेर मृत्यु भएको बित्थडचिर गाउँपालिका ३ का वडा अध्यक्ष गणेश बहादुर बाेहराले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्