ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा विवरण कार्यक्रम चकाँडामा सम्पन्न ।

Image

बझाङ – बुंगल नगरपालिका वडा नम्बर १ को आयोजनामा सञ्चालित “व्यक्तिगत घटना दर्ता जनचेतनामूलक तथा सामाजिक सुरक्षा विवरण कार्यक्रम २०८१” अन्तर्गत आज चकाँडा टोलमा कार्यक्रम सम्पन्न भएको छ।

रेडियो बुंगलको कार्यालयमा सम्पन्न कार्यक्रममा सभाध्यक्ष वडा नम्बर १ का वडा सदस्य प्रताप बोहरा रहनुभएको थियो भने सञ्चालन वडा सचिव शिवराज जोशीले गर्नुभएको थियो। कार्यक्रममा वडा नम्बर १ का वडा सदस्य नरिभान बोहरा, लेखा शाखाका दिल बहादुर धामी, स्थानीय समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारण गरी करिब ६० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रममा व्यक्तिगत घटना दर्ता सम्बन्धी जानकारी दिइएको थियो, जसअन्तर्गत जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता लगायतका कानुनी प्रक्रिया तथा आवश्यक कागजातबारे विस्तृत जानकारी प्रदान गरियो। साथै, सहभागीहरूसँग अन्तरक्रियासमेत गरिएको थियो।

यो कार्यक्रम चैत्र २० गतेसम्म वडा नम्बर १ का सम्पूर्ण टोलहरूमा सञ्चालन गरिने वडा सदस्य नरिभान बोहराले जानकारी दिनुभएको छ।

प्रतिक्रिया जनाउनुहाेस्