बझाङ – दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत १५ दिने सिलाई कटाई सम्बन्धी पुनः ताजकिय तालिम सम्पन्न भएको छ। फागुन २४ गतेबाट सञ्चालन भएकाे उक्त तालिम आज चैत १० गते चैनपुरमा सम्पन्न भएकाे हाे । दलित सहयोग समाजका सह-सचिव श्याम नेपालीलेकाे अध्यक्षता समापन भएकाे तालिममा
कार्यक्रममा नागरिक समाजका अगुवा, दलित सहयोग समाजका कार्यकारी निर्देशक, परियोजना संयोजक तथा कर्मचारीको उपस्थिति रहेको थियो।
तालिमको मुख्य उद्देश्य महिलाहरूलाई प्राविधिक ज्ञान र सीप सिकाएर उनीहरूलाई दक्ष बनाउनु तथा आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुर्याउनु हो। तालिमबाट महिलाहरू प्राविधिक सीप सिक्दै समयको बचत गर्ने अवसर पाएका छन्। बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शिक्षा र पोषण सुधारमा उपयोग गर्न प्रेरित गरिएको छ।
तालिममा सहभागी निसा नेपालीले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र दलित सहयोग समाजलाई धन्यवाद दिँदै भनिन्, “यस तालिमले हाम्रो क्षमता विकासमा सहयोग गरेको छ। अब महिलाहरू पनि सजिलै जीविकोपार्जन गर्न सक्षम हुनेछन्। अझ लामो समयको तालिम भए अझ राम्रो हुने थियो।कार्यक्रमका सभाध्यक्ष श्याम नेपालीले समापन समारोहमा बोल्ने क्रममा “यस तालिमले महिलाहरूलाई सशक्त बनाउनेछ। परिवार र समुदायमा दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। केदास्युँ गाउँपालिकाका १२ जना महिलाहरुले उक्त तालिम प्राप्त गरेका छन ।
उक्त तालिमले महिलाहरूको जीवनमा सहजता ल्याउने, आर्थिक रूपले सक्षम बनाउने र स्थानीयस्तरमा आत्मनिर्भरता बढाउने महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको बताउनु भएको थियो।
१५ दिने सिलाई कटाई पुनःताजकिय तालिम चैनपुरमा सम्पन्न

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन

विज्ञापन
