बझाङ । नेकपा माओवादी केन्द्र बुंगल नगर कमिटी अध्यक्षमा हेमन्तराज जोशी सर्वसम्मत चयन हुनुभएको छ। सोमबार सम्पन्न माओवादी केन्द्रको दोस्रो बुंगल नगर कमिटी अधिवेशनबाट जोशीको नेतृत्वमा ४८ सदस्यीय नगर कमिटी गठन गरिएको छ। उपाध्यक्षमा गगन पातली, जय ओखेडा, र पदम विक चयन भएका छन् भने, सचिवमा अर्जुन धामी, कोषाध्यक्षमा पुष्पा भारती, र सह–सचिवमा जय बहादुर धामी चयन भएका छन्।
नव–निर्वाचित अध्यक्ष जोशीले पार्टी संगठन सुदृढ बनाउन, जनताको पक्षमा काम गर्ने, विकास निर्माणलाई प्राथमिकता दिने तथा पार्टीलाई नयाँ उचाइमा पु¥याउन आफू निरन्तर लागिपर्ने बताउनुभयो। उहाँले संगठन विस्तार, जनसमस्याको समाधान र पार्टीको वैचारिक तथा सांगठनिक सुदृढीकरणका लागि विशेष योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नेकपा माओवादी केन्द्र बुंगल नगर कमिटीले अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिएको नेकपा माओवादी केन्द्र बुंगल नगर कमिटी अध्यक्ष हेमन्तराज जोशीले बताउनुभयो ।