नेपाल राष्ट्रिय शिक्षक संगठन बुंगल नगरकमिटीको अध्यक्षमा कुँवर चयन

Image

बझाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बुंगल नगरकमिटीको अध्यक्षमा मदन कुँवर सर्वसम्मत रूपमा चयन हुनुभएको छ। शुक्रबार सम्पन्न तेस्रो नगर अधिवेशनबाट कुँवर अध्यक्षमा चयन हुनुभएको हो।

उपाध्यक्षमा कमला सिंह र खडकबहादुर बोहरा, सचिवमा पठानसिंह बोहरा, सहसचिवमा हर्कामती बोहरा, कोषाध्यक्षमा गगनबहादुर जाग्री तथा सहकोषाध्यक्षमा मैना देवी बोहरा धामी चयन हुनुभएको छ। साथै, १७ सदस्यीय नगर कमिटी गठन गरिएको छ।

बिजगडामा सम्पन्न अधिवेशनको सभाध्यक्ष मानबहादुर बोहरा रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङ जिल्ला अध्यक्ष श्यामप्रसाद जोशी रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सचिव दिपेन्द्रबहादुर खड्का सहभागी रहनु भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन