एमाले बुङ्गल नगरकमिटीको अध्यक्षमा जोशी निर्वाचित

Image

बझाङ – नेकपा एमाले बुङ्गल नगरकमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा दीपकराज जोशी निर्वाचित भएका छन्। फागुन २१ गते सम्पन्न भएको बुङ्गल नगरकमिटीको दोस्रो अधिवेशनमा सहमतिको नयाँ कमिटी चयन गर्ने प्रयास भएतापनि सहमति नहुन सकेपछि मतदानबाट जोशी अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

अन्य सबै पदमा निर्विरोध कमिटी चयन भए पनि अध्यक्ष र उपसचिव पदमा निर्वाचन सम्पन्न भएको हो। अध्यक्ष पदमा प्रेम धामी र दीपकराज जोशी बीच प्रतिस्पर्धा भएको थियो, जहाँ जोशीले ४६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ । प्रेम धामीले ४३ मत प्राप्त गरेका थिए। सचिव पदमा दीपकराज कुँवर निर्विरोध चयन भएका छन् । उपाध्यक्षमा कृपा जाग्री, उपसचिवमा राम धामी र बहादुर बोहरा बीच प्रतिस्पर्धा भएकोमा, राम बहादुर धामी निर्वाचित भएका छन् । उपसचिव पद महिलामा गंगा धामी चयन गरिएको छ। नगरकमिटीको दास्रो अधिवेशनबाट अन्य ४१ सदस्यीय नगरकमिटी पनि चयन गरिएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन