बुंगल, बझाङ: बुंगल नगरपालिकामा तेस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ। कन्या माध्यामिक विद्यालयको आयोजनामा तथा बुंगल नगरपालिका ६ नं वडा कार्यालयको मुख्य प्रायोजक मा प्रतियोगिताको उद्घाटन भएको हो ।
आज मंगलबार उद्घाटन भएको खेलमा प्रमुख अतिथि पूर्व जिल्ला विकास समिति सदस्य हेमन्त बहादुर सिंह रहनुभएको थियो । प्रतियोगितामा जम्मा १२ टिम सहभागी भएका छन्। पहिलो उद्घाटन खेल बुंगल नगरपालिका-४ “ए” र बुंगल नगरपालिका-९ “ए” टिमबीच भएको थियो, जसमा बु.न.पा.-९ “ए” ले २-१ को सेटले जित हासिल गरेको छ।
प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई प्रेरित गर्नुका साथै खेलकुदको विकासमा महत्वपूर्ण भूमिका खेल्ने आयोजक समितिले जनाएको छ। प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न स्थानीय समुदाय, खेलप्रेमी, तथा नगरपालिकाको समेत सहयोग रहने अपेक्षा गरिएको छ।आज बाट संचालन भएको खेल फागुन २३ गतेसम्म संचालन हुनेछ ।
























