आठौं श्री बेताल सांस्कृतिक महोत्सव देउरामा सुरु

Image

नरेश बिष्ट- ‘हाम्रो गौरव, हाम्रो पहिचान; कला संस्कृतिको जगेर्ना गर्ने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आठौं श्री बेताल सांस्कृतिक महोत्सव कार्यक्रम देउराको प्राङ्गणमा भव्य रूपमा सुरु भएको छ। शनिबारदेखि सुरु भएको महोत्सवमा स्थानीय देखि राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहने छ।

महोत्सवको सभापति बेताल सांस्कृतिक महोत्सव कार्यक्रम देउरा २०८१ मूल आयोजक समितिका अध्यक्ष श्री सुनिल बिक रहनुभएको थियो भने प्रमुख अतिथिको रूपमा बझाङ जिल्ला केदारस्युँ गाउँपालिकाका निवर्तमान अध्यक्ष ईन्द्र भण्डारी उपस्थित हुनुभयो। साथै, विशिष्ट अतिथिमा महोत्सवका सह-संयोजक कलक बहादुर बिष्ट, श्री बेताल देउरा त्रिवेणी धाम बृहत् साँस्कृतिक महोत्सव समितिका उपाध्यक्ष श्री जनक नेपाली  ,जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष पवन बिक, र रायल प्राथमिक प्रहरी चौकीका प्रमुख शेर सिंह बुडाल रहनुभएको थियो। कार्यक्रमको उद्घाटन प्रमुख अतिथि ईन्द्र भण्डारीले गर्नुभएको हो।

कार्यक्रमको स्वागत मन्तव्य प्रमुख अतिथि ईन्द्र भण्डारी, कार्यक्रम सभापति सुनिल बिक, र जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष पवन बिकले व्यक्त गर्नुभएको थियो। महोत्सव कार्यक्रममा बझाङ , बैतडी र डोटीका विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमका संचालक धन बहादुर भण्डारी र सह संचालक नरेश बहादुर बिष्ट रहनु भएको थियो

पहिलो दिन स्थानीय कलाकारहरूले विविध सांस्कृतिक प्रस्तुति दिए भने ब्रोड भिजन एकेडेमीका विद्यार्थीहरूले देशभक्ति गीतमा नृत्य प्रस्तुत गरी दर्शकहरूलाई मन्त्रमुग्ध बनाए।

महोत्सवको दोस्रो दिन भने कार्यक्रम संचालनको भुमिका कुशल संचालिका सबिता खड्का रहनुहुनेछ । राष्ट्रिय स्तरका कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ। लोकप्रिय गायक तथा गायिका सिम्रन परियार, प्रकाश थापा, धन बहादुर भण्डारी तथा गजलकार पूर्ण मल्लले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेछन्।

सांस्कृतिक सम्पदा तथा कलाको संरक्षण तथा प्रवर्द्धन गर्न आयोजित यो महोत्सवले स्थानीय संस्कृति उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गर्नुका साथै महोत्सव भने फागुन २२ गतेसम्म चल्ने मुख्य आयोजक समितिका सह संयोजक कलक बहादुर बिष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन