सच्याएको ,बुङ्गलमा आईतबार देखिएका कोरोना संक्रमित नयाँ नभएको

Image

बझाङ : बझाङमा आइतबार देखिएका नयाँ सक्रमित नभएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ । स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गर्दै डडेल्धुरा अस्पतालले सार्वजनिक गरेका बुङ्गल नगरपालिका १० जना नयाँ नभइ भाद्र   १६ गतेकै संंक्रमित रहेको जनाएको हो ।  भदाै १६ गते देखिएका बुंगलका १४ जनामध्ये पुन: परिक्षण गर्दा १० जनाको रिर्पोट पोजेटिभ आएको हाे ।

 

यसअघि प्रकाशित समाचारमा हामीले १० जना कोरोना संक्रमित थपिएको खबर डडेल्धुरा अस्पतालको तथ्यांक अनुसार प्रकाशित गरेकाले सो गलत तथ्यांक पाठकहरुमा प्रकाशन भएकाले यो खबर पून सच्याएको छ । साथै संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गर्दा पनि सबैको रिर्पोट नेगेटिभ आएको बुङ्गल नगरपालिका स्वास्थ्य संयोजक नैन सिहले जानकारी दिए ।

प्रतिक्रिया जनाउनुहाेस्