बझाङ जिल्ला खेलकुद समिति सम्मानित, खेलकुद विकासमा उत्कृष्ट योगदान

Image

 सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिताको उद्घाटन समारोहमा बझाङ जिल्ला खेलकुद समितिलाई सम्मान गरेको छ।

सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये उत्कृष्ट कार्य गरेको भन्दै आइतबार बझाङ जिल्ला खेलकुद समितिलाई सम्मान गरिएको हो। जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकाया (ज्वाला) का अनुसार, विभिन्न कठिनाइका बाबजुद व्यक्तिगत समय र आवश्यकतालाई पन्छाएर जिल्लामा खेलकुद विकासमा योगदान दिएको मूल्यांकनस्वरूप यो सम्मान प्रदान गरिएको हो।

बझाङ जिल्ला खेलकुद समितिले जिल्लाका १२ वटै स्थानीय तहमा खेलकुद समिति गठन, खेलकुद संघहरूको स्थापना, ऐन(नियमावलीको पूर्ण कार्यान्वयन तथा खेलकुद अभिलेखरणको सुरुवातजस्ता महत्त्वपूर्ण कार्य सम्पन्न गरेको छ। साथै, एथलेटिक्स, कबड्डीलगायत विभिन्न खेलका प्रशिक्षक उत्पादनका लागि नमुनात्मक कार्यक्रम सञ्चालन गरेको कारण समितिको योगदान उच्च रूपमा सराहनीय ठहरिएको हो।

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता आइतबार परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले उद्घाटन गरेकी थिइन्। सम्मान कार्यक्रममा बझाङ जिल्ला खेलकुद समिति अध्यक्ष पुष्पलाल रोकायालाई सम्मानपत्र प्रदान गरिएको थियो।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन