बझाङ – केदारस्युँमा विपत्त जोखिम न्यूनीकरण अभिमुखिकरण तथा स्टेचर वितरण कार्यक्रम सञ्चालन गरिएकाे छ ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत विपत्त जोखिम न्यूनीकरण कम गर्ने उद्देश्यले सामुदायिक विपत्त व्यवस्थापन समितिहरूलाई अभिमुखिकरण कार्यक्रम सञ्चालन भइरहेको छ। केदारस्यु गाउँपालिकाको वडा नम्बर ६, ७, र ८ मा अभिमुखिकरण कार्यक्रम भइरहेको छ भने वडा नम्बर २ र ३ मा केही दिनभित्रै सुरु हुने जानकारी गराइएको छ।
परियोजना संयोजक रमेश बहादुर मालीका अनुसार सडकको पहुँचभन्दा टाढाका बस्तीहरूमा विपत्तिका बेला उद्धार गर्न कठिनाइ हुने भएकाले ती सामुदायिक विपत्त व्यवस्थापन समितिहरूलाई स्टेचर वितरण गरिनेछ। उनले केदारस्युमा १८ वटा सामुदायिक विपत्त व्यवस्थापन समिति निर्माण गर्ने लक्ष्य राखिएको पनि बताए।
यी समितिहरूले प्राकृतिक प्रकोपका बेला उद्धार कार्यमा सक्रिय भूमिका खेल्नेछन्। साथै, विपत्तिको सही सूचना प्रवाह गर्न तथा प्रारम्भिक राहत र उद्धार गर्न तीन कार्यदल गठन गरिनेछ।
१. खोज तथा उद्धार कार्यदल
२. प्राथमिक उपचार कार्यदल
३. पूर्व सूचना कार्यदल
वडा नम्बर ७ को भामचौरमा अभिमुखिकरण सामाजिक परिचालक कल्पना नेपालीले गराएकी छन् भने वडा नम्बर ८ मा सुरेश नेपालीले कार्यक्रम सञ्चालन गरेका छन्। यस कार्यक्रमले विपत्तिको जोखिम न्यूनीकरण तथा स्थानीय स्तरमा उद्धार कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने विश्वास लिइएको छ बताउदै वडा . ७ का वडा अध्यक्ष श्री चन्द्र बहादुर धामिले दलित सहयोग समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपाललाई धन्यवाद ज्ञापन गर्नु भयो ।व्यवस्थापन समितिले मासिक वा त्रैमासिक बैठक गरी यसलाई अझ प्रभावकारी बनाउनुपर्ने र समय समयमा सेवा तथा प्रगतिको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ।
यस परियोजनाले विपत् व्यवस्थापन र समुदायको सेवामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

























