केदारस्युँ गाउँपालिका – ७ मा हाते ट्रयाक्टर वितरण

Image

बझाङ – केदारस्युँ गाउँपालिका वडा नं. ७ मा हाते ट्रयाक्टर वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत महिलाहरूलाई नयाँ प्रविधिसँग जोड्न, क्षमता विकास गर्ने र महिला कार्यभार घटाउने उद्देश्यले हाते ट्रयाक्टर वितरण गरिएको हो।

परियोजनाको मुख्य उद्देश्य महिलाहरूलाई प्रविधिसँग परिचित गराउँदै उनीहरूको समयको बचत गर्नु र बचत भएको समय बालबालिकाको हेरचाह, स्वास्थ्य, शिक्षा र पोषण सुधारमा उपयोग गर्न प्रेरित गर्नु रहेको छ। हातेट्याकटर बितरण गर्ने क्रममा सामाजिक परिचालक कल्पना नेपालीले यस्को मर्मत सम्भार कोष पनि बनाएको छ जस्ले भोलिको दिन केही बिग्रेको खण्डमा त्यो कोष बाट मर्मत गर्न टेवा पुर्याउने छ । उत्पादक समुहकि अध्यक्षले सहयोग गर्नु हुने दलित सहयोग समाज र वर्ल्ड भिजन ईन्टरनेशनल नेपाल लाई धन्यवाद दिदै महिलाहरुको क्षमता वृद्धिमा टेवा पुर्याएको र अब महिलाहरूले जोत्नको लागि कसैको भर नपर्नु पर्ने बताउनु भएको छ ।
परियोजना संयोजक रमेश मालीका अनुसार, “यस प्रयासले महिलाहरूलाई सशक्त बनाउन सहयोग पुर्याउनेछ। साथै, परिवार र समुदायमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।”
यस कार्यक्रमले महिलाहरूको जीवनमा सहजता ल्याउने र स्थानीयस्तरमा आत्मनिर्भरता बढाउन महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया जनाउनुहाेस्