केदारस्युँ गाउँपालिकामा उत्पादक समूहहरूको अवस्था विश्लेषण सुरू

Image

बझाङ –केदारस्युँ गाउँपालिकामा उत्पादक समूहहरूको अवस्था विश्लेषण सुरू गरिएकाे छ ।
दलित सहयोग समाज र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित “पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना” अन्तर्गत उत्पादक समूहहरूको अवस्था विश्लेषण कार्य शनिबारबाट सुरू गरिएकाे हाे । वडा नं. २, ३, ६, ७ र ८ मा सञ्चालन भइरहेका ७५ वटा उत्पादक समूहहरूको हालको अवस्था बुझ्नका लागि (सबल पक्ष, कमजोर पक्ष, अवसर र बाधा) विश्लेषण थालिएको हो। यो विश्लेषण १५ जना स्थानीय बजार सहजकर्ता र दलित सहयोग समाजका सहजकर्ताहरूले गरिरहेका छन्। समूहहरूको अवस्था विश्लेषणको प्रक्रिया उत्पादक समूहहरूसँग छलफल गर्दै ५ वटा सीप र ५१ वटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। समूहहरू निम्न चार अवस्थामध्ये कुन अवस्थामा छन् भन्ने पत्ता लगाइन्छ: • बीउ अवस्था • अंकुरण अवस्था • मुना अवस्था • रुख अवस्था यस विश्लेषणले समूहको वास्तविक स्थिति बुझ्न र आगामी योजनाहरू निर्माण गर्न सहज बनाउन मद्दत गर्दछ। मुख्य सीपहरू र सूचकहरू उत्पादक समूहहरूको मूल्याङ्कन निम्न ५ वटा सीपहरूमार्फत गरिन्छ: • समूह व्यवस्थापन सीप – १३ सूचक • दिगो उत्पादन तथा प्राकृतिक स्रोत व्यवस्थापन सीप – ८ सूचक • आधारभूत बजार सीप – १० सूचक • परीक्षण तथा नव-प्रविधि सीप – ५ सूचक • वित्तीय सीप – १५ सूचक समूहमा देखिएको सुधार स्थानीय बजार सहजकर्ता जय बहादुर गुर्धामीका अनुसार उत्पादक समूहका सदस्यहरूमा उल्लेखनीय सुधार देखिएको छ। उनले भने, “पहिले नाम भन्न समेत हिचकिचाउने सदस्यहरू अहिले आफ्ना योजना र समस्याहरू सजिलै राख्न सक्छन्। बचत गर्ने बानी बसालेका छन् र आफ्नो आय-व्यय व्यवस्थित गर्न थालेका छन्।”

प्रतिक्रिया जनाउनुहाेस्