बझाङ – बझाङको बुंगल नगरपालिकामा पहिलो पटक बुंगल प्रिमियर लिग बिपिएल क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। मंगलबार बुंगल प्रिमियर लिगका तर्फबाट जारी गरिएको आधिकारिक सूचनामा २०८२ सालमा लिग सञ्चालन हुने जानकारी गराइएको छ। सूचना अनुसार, पहिलो संस्करणको बिपिएल मा पाँचवटा टिम सहभागी हुनेछन्। सहभागी टिमहरूमा, पिपलकोट टाइगर्स, खिरातडी रोयल्स,देउलीकोट हिरोज,कफलसेरी लायन्स र दहबगर किंग्स रहेका छन् ।
बिपिएल आयोजकका अनुसार सम्भवतः नयाँ वर्ष २०८२ को अवसरमा लिग सञ्चालन गर्ने तयारी गरिएको छ। यदि नयाँ वर्षसम्म लिग सञ्चालन सम्भव नभए दशैं–तिहारको अवसरमा प्रतियोगिता आयोजना गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार, लिगमा सहभागी हुने पाँचवटै टिमहरूको बिक्री खुला गरिएको छ। इच्छुक व्यक्तिहरूले कुनै पनि टिम खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। टिम लिडर चयन, खेलाडी छनोट र अक्सन सम्बन्धी विस्तृत जानकारी चाँडै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
स्थानीय खेल क्षेत्रको विकासमा नयाँ आयाम
क्रिकेटको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै द्यएी आयोजकहरूले लिगले बुंगल मात्रै नभई समग्र नेपालको खेलकुद विकासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय खेलाडीहरूलाई नयाँ अवसर र प्लेटफर्म प्रदान गर्ने उद्देश्यले बिपिएलआयोजना गर्न लागिएको हो।
बिपिएल आयोजक टोलीले लिगलाई भव्य बनाउने लक्ष्य लिएको छ भने यसले स्थानीय युवाहरूलाई खेलकुदप्रति आकर्षित गराउने र खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।