त्रिनगर र गड्डाचौकी नाकाबाट भित्रिने र बाहिरिने क्रम जारी

धनगढी–  सुदुरपश्चिमको गड्डाचौकी र त्रिनगर नाका बाट नेपाल भित्रिने र भारत जाने क्रम बढिरहेको छ। केही सातायता नेपाल फर्किने भन्दा भारत जानेको संख्या बढि रहेको भए पनि शुक्रवार गौरीफन्टा नाकाबाट एक सय २५ र गड्डाचौकी नाकाबाट ४५ गरी एक सय ७० जना भारत गएका छन्।

गौरीफन्टा नाकाबाट एक सय ६९ र गड्डाचौकीबाट ७१ जना गरी दुई सय ४० जना नेपाल भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाले बताए । केहि दिन अघि मात्रै त्रिनगर नाका भएर एक हजार दुई सय बढि भारत पसेका छन्।

janahit ma jari sandesh
Masta R.M
Loading...