बुंगल नगरपालिकामा युनाइटेड मिसन टु नेपालको कार्यक्रम लागू हुने

Image

बझाङ । बुंगल नगरपालिकामा युनाइटेड मिसन टु नेपालको कार्यक्रमहरू लागु हुने सहमती भएको छ। मंगलबार बुंगल नगरपालिकामा नर्वेकी नागरिक तथा युनाइटेड मिसन टु नेपालको कन्ट्री म्यानेजर इ लीको उपस्थितिमा भएको भेटवार्तामा नगर प्रमुख जय बहादुर धामीले कार्यक्रम लागू गर्ने सहमति भएको जानकारी दिनुभयो।

भेटघाटका क्रममा म्यानेजर इ लीलाई बुंगल नगरपालिकाले अनौपचारिक स्वागत गरेको थियो। डेढ घण्टा लामो संवादपछि नगरपालिकाका ११ वटै वडामा युनाइटेड मिसन टु नेपालको कार्यक्रम लागू गर्ने र यसमा नगरपालिकाले पनि आंशिक लगानी गर्ने सहमति भएको नगर प्रमुख धामीले बताउनुभयो । युनाइटेड मिसन टु नेपाल ( United Mission to Nepal) एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो, जसको स्थापना सन् १९५४ मा भएको हाे । यस संस्थाले गरिबी न्यूनीकरण, दिगो विकास, शिक्षा, स्वास्थ्य सेवा, आम्दानीको स्रोत वृद्धि, र स्थानीय क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । साथै, यस संस्थाले सामाजिक न्याय र वातावरण संरक्षण प्रवर्द्धन गर्न दिगो परियोजनाहरू सञ्चालन गर्ने विश्वास गरिएको छ।

बुंगल नगरपालिकाको सहकार्यमा सञ्चालन हुने यी कार्यक्रमहरूले स्थानीय समुदायको जीवनस्तर उकास्ने, आत्मनिर्भरता अभिवृद्धि गर्ने र विकासका नवीन सम्भावनाहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ।बुंगल नगरपालिकाका सबै वडामा युनाइटेड मिसन टु नेपालका कार्यक्रमहरू लागू हुने कुराले स्थानीयवासीमा उत्साह र आशा बढाएको छ।

प्रतिक्रिया जनाउनुहाेस्