खोलाले पुल बगाउँदा जोखिममा यात्रा गर्नु पर्ने बाध्यता

Image

१८ भाद्र बझाङ , बुङ्गल नगरपालिका वडा नं १ मा रहेको गोइचन खोलाले पुल बोगाउदा गोइचन गाउँका स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।

आसार १९ गते राती परेको अबिरल बर्साको कारण गयको बाढी पहिरोले सिमेन्ट को पक्की पुल बगाउदा गोइचन गाउँका १०० परिवारलाई वडाकार्याल ,स्थानिय बजार जान दैनिक उपभोग्य समान नुन तेल खाद्यान्न ल्याउन र सामान्य बिरामी देखी गर्भवती ,बालबालिकाको खोपको लागि स्वास्थ्यचौकी जान समेत ज्यान जोखिममा राखेर खोलामा जानू पर्ने बाध्यता रहेको स्थानिय तिलक बोहराले बताए । बोहराका अनुसार पुल बगाए पछि स्थानीयले काठको पुल निर्माण गरे पनि पटकपटक खोलाले बगाउने गरे पछि समस्या भएको छ ।
आसार १९ गते राती परेको बर्साले पुल संगै जलविद्युत ,ग्रामीण सडक ,खानेपानी ,पानी घट्ट ,खेतीयोग्य जमिनमा सकेत क्षेती भयको थियो।

क्षति भएपछि वडा कार्यालय र नगरपालिकामा प्रहरी मुचुल्का सहित निबेदन दिए पनि कुनै सुनुवाइ नभएको स्थानीयले बताए ।

प्रतिक्रिया जनाउनुहाेस्