बुंगल नगरपालिकामा भएको निशुल्क स्वास्थ्य शिविरमा आज १ सय ६ जना बिरामी लाभाम्वित

Image

बझाङ ।   बुंगलनगरपालिकामा आज बाट शुरु भएको निशुल्क महिला स्वास्थ्य शिविरमा आज १ सय ६ जना विरामीले सेवा लिएका छन् । बुंगल नगरपालिका र दलित सहयोग समाज, समान व्यवहार परियोजनाको संयुक्त आयोजनामा आजबाट शुरुभएको निशुल्क महिला स्वास्थ्य शिवीरमा आज उपचार गराउन आएका १ सय ६ जना विरामीलाई सेवा दिएको छ । आज बिहान बुंगल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीको प्रमुख आथित्यमा उद्धाटन भएको स्वास्थ्य शिविरमा जिल्ला अस्पताल बझाङका स्त्रीरोग बिषेशज्ञ डाक्टर नवराज जोशीले विरामीहरुको उपचार गर्नुभएको हो ।

बुंगल नगरपालिका ४ स्थित खिरातडी स्वास्थ्य चौकीमा आजबाट शुरु भएको उक्त शिबिरमा स्त्रीरोग बिषेशज्ञ डाक्टर जोशीले महिलाहरुको तल्लो पेट सम्बन्धि रोग , पाठेघरको मुखको क्यानसरको चेकजाँच तथा स्तनमा गाँठागुठि, यौनि चिलाउने, महिनावारी गढबढी ,आङ खस्ने, पाठेघर खसेका महिलाहरुको निशुल्क स्वास्थ्य परीक्षण,परामर्श र पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक चेकजाँच गरि निःशुल्क औषधिपनि वितरण गरिएको बुंगल नगरपालिका स्वास्थ्य शाखा प्रमुख कलक बहादुर बोहराले जानकारी दिनुभयो ।

शिविरमा उपचार गर्न आएकी एक महिलाको पेटमा नै बच्चा मृत देखिएपछि थप उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ । शिविर भोली सम्म चल्ले भएकाले आज छुटेका बिरामीहरुलाई भोली पनि शिविरमा आएर सेवा लिन आग्रह गरीएको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन