बझाङमा समुदायस्तरमा फैलदै कोरोना संक्रमण, चैनपुरमा मेडिकल सन्चालन गर्दै आएका स्वास्थ्यकर्मीमा देखियो कोरोना

बझाङ : सदरमुकाम चैनपुरमा मेडिकल सन्चालन गर्दै आएका जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालमा भएको परिक्षणमा चैनपुरको एक मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका कोरोना फोकल अधिकारी मिलन खड्काले बताए ।योसँगै बझाङमा दुई जनामा समुदायस्तरको कोरोना संक्रमण भेटिएको छ ।

उनी केदारस्युँ गाउँपालिका ९ का २७ बर्षीया पुरुष हुन्। उनी अहिले जिल्ला अस्पतालको आईसोलेशनका बसेको डा. खड्का जानकारी दिए । योसंगै बझाङमा स्थानिय संक्रमितको संख्या दुई पुगेको छ । यसअघि बुगंल नगरपालिकाका एक स्थानीयमा संक्रमण देखिएको थियो ।

Loading...