बुङ्गल पहिरो ; ज्यान गुमाएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम सरकारले १ लाख रुपैयाँ दिने !

बझाङ– बझाङको बुङ्गल नगरपालिका–१० टुमेडागाउँमा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रेस विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई राहत स्वरूप रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

गएरातिको अविरल वर्षाका कारण टुमेडागाउँका वीरबहादुर धामीको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती, जेठी बुहारी र दुई जना नातिनी गरी चार जनाको ज्यान गएको थियो । मुख्यमन्त्री शाहले पहिरोमा ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै तत्काल उद्धार तथा राहत कार्यमा सङ्लग्न हुन सम्बन्धित निकायलाई निर्देशन दिइएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Hohel Kananga
Loading...