बझाङमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै

बझाङ : बझाङमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घट्दै गएको छ । केही साताअघि भारतबाट आउनेहरु थपिएसँगै भरिएका कवारेन्टाइनहरु क्रमशः रित्तिदै गएका छन् । ५ दिनअघि मात्रै १ हजार २ सय बढी क्वारेन्टाइनमा रहेकोमा आज त्यो संख्या घटेर ६ सय ४६ मा पुगेको छ । आज मात्रै जिल्लाका विभिन्न क्वारेन्टाइनबाट ३५ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी जयपृथ्वी नगरपालिका, मष्टा, दुर्गाथली र छबिसपाथिभेरा गाउँपालिकाले व्यवस्थापन गरेका क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन