बझाङ : बझाङमा हालसम्म ५ हजार ४ सय ६९ जनाको नमुना स्वाब संकलन गरिएकोमा ४ हजार ७ सय ८० जनाको मात्रै रिर्पोट प्राप्त भएको छ । नमुना स्वाब संकलन गरिएको झण्डै एक हप्ता पछि मात्रै रिर्पोट आउने बझाङमा अझैं ६ सय ८९ जनाको रिर्पोट आउन बाँकी रहेको छ ।
सोमबार मात्रै जिल्ला अस्पतालमा ११ जना, दुर्गाथलीमा १ सय १२, तल्कोटमा १० जना, मष्टामा ५१ जना, खप्तडछान्नामा ८ जना, केदारस्युँमा ४ जना गरी १ सय ९६ जनाको नमुना स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय बझाङले जनाएको छ ।रिपोर्ट आएकामध्ये ३ सय ६७ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ हजार ४ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिक्रिया जनाउनुहाेस्