सदरमुकाम चैनपुर नजिकै सेती नदी किनारामा एक जना मृत भेटिए

चैनपुर : बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा एक जना मृत भेटिएका छन् । हुम्ला जिल्लाको नाम्फा गाउँपालिका वडा नम्बर १ घरभई विगत पाँच वर्षदेखि चैनपुरमा व्यापार गर्दै आएका बुमडोर लामा मृत भेटिएका हुन् । रिङ्गरोडबाट सेती नदी जाने बाटोमा मृत भेटिएका लामालाई मंगलबार लुगा धुन जाने महिलाहरुले देखेका थिए । राति मदिरा सेवन गरेर लडेको हुनसक्ने प्रहरी निरिक्षक तथा सूचना अधिकारी लोकेन्द्र सिंह कार्कीले बताए ।शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । श्रीमती र छोराछोरी हुम्ला गएको प्रहरीले जनाएको छ ।

Loading...