सुरेश धामी, बझाङ १६ भदौ/ मंगलबार एकै दिन बुङ्गल नगरपालिकाका १४ जना सहिद बझाङका थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
डडेल्धुरा अस्पतालको प्रयोगसालमा गरिएको परिक्षणमा पछिल्लो २४ घण्टामा ५ सय ३५ जनाको कोरोना परीक्षण भएकोमा जम्मा ५६ जनामा संक्रमण पुष्टि भएको छ। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रशाद भूषालका अनुसार बझाङको केदास्यूँ गाउँपालिकाका १६ जना, बुङ्गल नगरपालिकाका १४ जना, थलारा गाउँपालिकाका ४ जना, छब्बिसपाथिभारा गाउँपालिकाका २ जना र बित्थडचिर गाउँपालिकाका २ जनाफ गरि बझाङका ३८ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै बैतडीका ११ जना, अछामका ५ जना र डडेल्धुराका २ जनामा संक्रमण पुष्टि भएको बताए।
प्रतिक्रिया जनाउनुहाेस्