बुंगल नगरपालिकामा भएको निःशुल्कआखाँ शिविरमा ७ सय ३० जनाले सेवा लिए

Image

बझाङ । बुंगल नगरपालिकामा सम्मपन्न भएको आखाँ शिविरमा ७ सय ३० जना विरामीले सेवा लिएका छन् । बुङ्गल नगरपालिका र च्यारिटी हेल्थ फाउन्डेसन नेपाल, धनगढी, कैलालीको संयुक्त आयोजनामा बुधबार र हिजो बिहीबार भएको निःशुल्क आँखा शिविरमा नगरपालिका भित्रका सात सय तीस जना बिरामीको आँखाको चेकजाँच तथा उपचार गरिएको बुंगल नगरपालिकाको आखाँ उपचार केन्द्रकी नेत्र सहायक हेमा धामीले जानकारी दिनुभयो ।

बुंगल नगरपालिका वडा नं ४ विगडामा रहेको त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा संचालन भएको आँखा शिविरमा ७ सय ३० जना वीरामीको आँखाको चेकजाँच तथा उपचार गरीएकोमा एक सय पन्ध्र जनाको आखाँको अपरेसन गरीएको छ भने १ सय ६८ जनालाई चस्मा वितरण गरीएको नेत्र सहायक धामीले बताउनुभयो ।

प्रतिक्रिया जनाउनुहाेस्