Jayaprithvi Municipality

बझाङ अपडेट ; निरन्तर मतान्तर घटाउदै एमालेका भण्डारी २ सय ३१ मतले कांग्रेस अगाडि

बझाङ। उपनिर्वाचन अन्तर्गत बझाङ प्रदेशसभा –१ प्रदेशसभा (क)को मतगणनामा कांग्रेसको अग्रता कायमै रहेको छ । हाल सम्म थलारा गाउँपालिकाको ९ सहित छबिसपाथिभेरा गाउँपालिका, खप्तडछान्ना गाउँपालिका, सुर्मा गाउँपालिका, जयपृथ्वी नगरपालिका र मष्टा गाउँपालिकाको वडा नम्बर १,२,३,४ र ५ को मतगणना सकिदा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले अग्रता कायमै राखेका हुन् ।

अहिले सम्मको प्राप्त मत परिणाम अनुसार कांग्रेसका अभिषेक बहादुर सिंहले ८ हजार ६ सय २६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीले ८ हजार ३ सय ९६ मत सहित उहाँलाई पन्छ्याइ रहेका छन् । एमालेका भण्डारीले लगातार मतान्तर घटाइ रहेका छन् । यसअघि २ सय ६४ मतले पछाडि रहेका भण्डारीले अहिले मतान्तर घटाउदै २ सय ३१ मतान्तरले पछाडी छन् ।

त्यस्तै माओवादीका उम्मेदवार जनक बुढाले ३ हजार १ सय ५३ र एकीकृत समाजवादीका उम्मेदवार दिल बहादुर सिंहले २ हजार २ सय ८७ मत प्राप्त गरेका छन् । एमालेका भण्डारी भन्दा कांग्रेसका सिंह २३१ मतान्तरले अगाडी हुनुहुन्छ ।
अहिले मष्टा गाउँपालिकाको वडा नंम्बर ५ र ७ को मत गणना हुदैछ ।

अब मष्टा गाउँपालिकाका केही वडा तलकोट गाउँपालिका र साईपाल गाउँपालिकाको मत गणना हुन बाकी रहेको छ । तलकोटमा एमालेको पकट क्षेत्र रहेकाले कांग्रेसलाई उछिन्दै एमाले अगाडी बढ्ने आकलन गरीएको छ । साईपाल र अहिले मत गणना भईरहेको मष्टा गाउँपालिकामा भने दुवै दलहरुबिच रोचक प्रतिसप्रधा हुने अनुमान गरिएको छ ।

Purai Bungal
Bithadchir 2
Jayaprithivi
Loading...