बझाङ: बझाङको दुर्गाथली गाँउपालिकामा कोरोना संक्रमित देखिन थालेका छन । गाँउपालिकाको वडा नं ४,५ र ७ मा निशेधाज्ञा पनि जार िगरेको छ । तर यता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बझाङले कोरोना संक्रमित देखिएकै स्थानमा कायृक्रम गरेको छ । पार्टीबाट जिल्लामा आयोजना हुने भेला, सभासम्मेलन बन्द गर्ने भने पनि नेकपा बझाङले फेरि संक्रमित देखिएकै वडामा आइतबार प्रतिनिधिसभा सदस्य भैरवबहादुर सिंहको आतिथ्यतामा दुर्गाथली गाउँपालिकाको वडा नं ५ र ७ मा कार्यक्रम आयोजना गरेको हो ।
सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पनि नपनाई नेकपाले कार्यक्रम गरिएको स्थानमा करिब २ सय स्थानीय सहभागी थिए । दुर्गाथलीको वडा नं ५ मा शनिबार र आइतबार गरी २९ जना कोरोना संक्रमित थपिएका छन । त्यस्तै, अर्को कार्यक्रम आयोजना गरेको वडा ७ नम्बरमा पनि ३ जना संक्रमित रहेका छन् । नेकपाले शनिबारदेखि कार्यक्रम नगर्ने बताएको थियो । तर, प्रतिनिधिसभा सदस्य सिंहले त्यसको भोलिपल्ट नै सयौँ स्थानीय भेला गरी २ वटा वडा कार्यालय उद्घाटन गरेका छन् ।
कोरोना संक्रमित देखिएकै स्थानमा नेकपा बझाङको कार्यक्रम
प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
नयाँ प्रकाशित
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन