कालीकोटको नाग्मा पहिरोमा पुरिएका एकै घरका ४ सहित १० जनाको शव फेला

कालीकोट  कालीकोटको तिलागुफा नगरपालिका वडा नं १ नाग्ममा पहिरोमा परि एकै परिवारका ४ सहित १० जनाको मृत्यु भएको छ । आइतबार बिहान नाग्म बजारको भिरालो जमिन भासिएर पहिरो जाँदा २ जना अझै बेपत्ता छन भने २ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ ।

पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका गरी ४ घर भत्केका छन । घर भत्किँदा पुरिएका मध्ये १० को शव गएराति फेला परेको हो । मृत्यु हुनेमा शुभकालिका गाउँपालिका ७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका ४० वर्षीय प्रयाग शाही, उनकी ७ वर्षीया छोरी हिमा तथा छोराहरू ५ वर्षका नीराजन र डेढ महिनाका अक्कलको घर भत्किएर भित्रै च्यापिँदा मृत्यु भएको हो ।

यस्तै, सुर्खेतको भेरीगङगा १० की ४५ वर्षीया आइती खड्का, वीरेन्द्रनगरका २३ वर्षीय अमृत थापा, स्थानीय ३५ वर्षीय मनवीर बडुवाल, २७ वर्षीय टेक भेरिकार, २४ वर्षीय थाइला भेरिकार, १० वर्षीय गजेन्द्र भेरिकारको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले बताए ।

Loading...