बझाङ आईतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले ३ स्थानीय तहका ४ वटा वडामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । बझाङमा संक्रमितको संख्या बढन थाले पछि आईतबार राति १२ बजे देखि २८ भदौ राति १२ बजे सम्म दुर्गाथली गाँउपालिकाको वडा नं ४ र ५मा निषेधाज्ञा गरिएको छ । त्यस्तै आईतबार राति १२ बजे देखि भदौ २१ गते राति १२ बजे सम्म दुर्गाथली गाँउपालिकाको वडा नं ७ खप्तडछान्ना गाँउपालिकाको वडा नं ६ र छबिसपाथिभेरा गाँउपालिकाको वडा नं ६ मा निषेधाज्ञा जारी गरिएको छ ।
साथै अब देखि जिल्लामा कुनै पनि प्रकारका भेला, सभासम्मेलन, जात्रामहोत्सव, पूजा, भोजभतेर राजनीतिक दलका सभासम्मेलन गर्न बन्द गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए । जिल्लामा कोरोना संक्रमित बढ्दै गईरहेका बेला राजनीतिक दलले विभिन्न भेला, सभा गर्न थालेपछि जिल्लामा व्यापक विरोध भइरहेको छ । राजनीतिक दलले अहिलकोे परिस्थितिलाई मध्यनजर गरी यस्ता कार्यक्रम बन्द गर्ने सहमति जनाएका छन् ।