बझाङ : बहुबिबाह मुद्धामा विगत ९ वर्षदेखि फरार रहेका २ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र बहादुर खड्का र उनकी कान्छी श्रीमती राधिका खड्का रहेका छन् । उनीहरु २०६८ असोज २१ गतेदेखि बहुबिबाह मुद्धामा फरार रहेका थिए ।
उनीहरु दुवै जनालाई जिल्ला अदालत बझाङले २–२ वर्ष कैद र १६–१६ वर्ष कैद सजाय सुनाएको थियो । उनीहरुलाई मंगलबार दिउँसो २ बजेतिर जयपृथ्वी नगरपालिका ९ देवलबाट पक्राउ गरिएको प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले बताए ।
पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालतमा पेश गरी उनीहरुबाट जनही १६–१६ हजार असुल उपर गरी २–२ वर्ष कैद भुक्तानका लागि जिल्ला कारागार बझाङ चलान गरिएको सूचना अधिकारी कार्कीले बताए ।
प्रतिक्रिया जनाउनुहाेस्