तल्कोट व्यापारी हत्या प्रकरण : किटनी जाहेरी दिन्छौ भन्दा पनि प्रहरीले मानेन

Image

बझाङ : प्रहरीले तल्कोटका एक व्यापारीका हत्यारा अझैं पत्ता लगाउन नसकेको पिडित पक्षले गुनासो गरेको छ । गत चैत्र १८ गते राती १० बजे तल्कोट गाउँपालिका १ डोरीपाटाका स्थानीय व्यापारी डबल बहादुर कुँवरको अज्ञात समूहद्धारा हत्या भएको थियो ।

हत्या भएको ६ महिना वित्दासमेत प्रहरीले हत्यारा पत्ता लगाउन नसकेपछि पिडित पक्ष आक्रोशित बनेका छन् । प्रहरीले हत्यारा समूहसँग मिलेर घुस लिएको, घटनाको अनुसन्धानमा उदासिनता देखाएको उनीहरुको आरोप छ । मृतक कुँवरका छोरा गणेश कुँवर लगायतका स्थानीयहरुले यस्तो गुनासो पोखेका हुन् ।

मानिसको हत्या हुँदासमेत प्रहरी संवेदनशिल नबन्दा सर्वसाधारण जनताले न्याय पाउन नसकेको उनीहरुको आरोप छ । मृतकका आफन्तले किटानी जाहरी दिन्छौ भन्दा पनि प्रहरीले नमानेका कारण प्रहरीमाथि नै शंका उब्जिएको पिडितको भनाई रहेको छ । राती १० बजे पसल बन्द गरेर सुत्न लागेका कुँवरलाई पसल खोल्न लगाइ आग्लोले टाउकोमा प्रहार गरी गत चैत्र १८ गते हत्या भएको थियो ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन