डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा बझाङका ३ जना सहित ३३ जनामा कोरोना देखियो

Image

डडेल्धुरा- डडेल्धुरा प्रयोगशालामा गरीएको परीक्षणमा बझाङका ३ जना सहित ३३ जनाको रिर्पोट पोजेटिभ आएको छ । कोरोना पुष्टि हुनेमा बझाङको केदारस्यूँ गाउपालिकाका २ जना, बुगङल नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय २० जनाको स्वाब परीक्षण गरिएकोमा ३३ जनाको रिर्पोट पोजेटिभ आएको ल्याब ईन्चार्ज इश्वरी भुषालले बताए ।
त्यस्तै कोरोना पुष्टी हुनेमा डडेल्धुराको गन्यापधुरा गाउपालिका र अजयमेरु गाउपालिकाका एक÷एक जना, अछामको पञ्चदेवल विनायक नगरपालिका ६ जना, मंगलसेन नगरपालिकाका १७ जना, दार्चुलाको मालीकार्जुन गाउपालिकामा एक जना, बैतडीको पाटन नगरपालिकामा २ जना र सुर्नाया गाउपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यो सगै सुदुरपश्चिममा कोरोना पोजेटीको ५ हजार ३ सय ६४ पुगेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन