खिरातडी स्वास्थ्य चौकीमा भएको निशुल्क प्रजनन स्वास्थ्य शिबिरमा १५० जनाबढी लाभाम्वित

बझाङ ;  जिल्लाको बुङ्गल नगरपालिकाको खिरातडी स्वास्थ्य चौकीमा सन्चालन भएको निशुल्क प्रजनन स्वास्थ्य शिबिर ,१५०जना भन्दा बढीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यलय बझाङको आयोजना तथा बुंगल नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज शनिबार भएको शिविरमा जम्मा १५० जनाको स्वास्थ्य चेकजाच गरीएकोमा ५७ जना गर्ववती महिलाको भिडियो एक्सरे खिरातडी स्वस्थ्य चौकीका कार्यरत अनमी प्रेमिला बोहाराले जानकारी दिनु भयो ।

त्यस्तै ३५ जना महिलाको भिआइए जाँज गरीएकोमा ४ जनामा भिआइए पोजिटीभ अर्थात पाटेघरको मुखको क्यान्सर देखीएको र १० पाटेघर खस्ने समस्या देखीएकाले उहाँहरुलाई थप उपचारका लागि परामर्ष दिइएको बुंगल नगरपालिकाका स्वस्थ्य शाखा सिनियर अहेव भुमीराज जोशीले बतताए ।

आज नगरपालिकाको खिरातडी स्वास्थ्य चौकि बिजगडामा सम्पन्न भएको शिविरमा जिल्ला अस्पताल कार्यरत गाइनो विशेषज्ञ डाक्टर नवराज जोशी लगायतले महिलाहरूको पाठेघर खस्ने समस्या , पाठेघरको अन्य समस्या पहिचान तथा उपचार , गर्भवती महिलाको निसुल्क भिडियो एक्सरे , महिलाको प्रजनन सम्बन्धि सम्पुर्ण रोगको उपचार , यौन रोग का साथै एच आई भि चेक जाँच र उपचार सेवा प्रदान गरेको छ । गाउँघरमै निशुल्क सेवा पाएपछि महिलाहरु खुशी भएका छन् ।

Hohel Kananga
Loading...